प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा अदालतको अवहेलनाको निवेदन | Khabarhub Khabarhub

प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा अदालतको अवहेलनाको निवेदन


११ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतको अवहेलनाको निवेदन पेस भएको छ ।

प्रतिनिधिसभा विघटन सम्बन्धमा संवैधानिक इजलासमा सुनुवाइ भइरहेको मुद्दामा प्रधानमन्त्री ओलीले पटक-पटक टिप्पणी गरेपछि उनीविरुद्ध अवहेलनाको निवेदन दर्ता भएको हो ।

अधिवक्ता कुमार शर्माले कारवाहीको माग गर्दै निवेदन पेस गरेका हुन् । विचाराधीन मुद्दालाई प्रभावित गर्ने गरी पटक-पटक ओलीले अभिव्यक्ति दिएको आरोप लगाउँदै उनले निवेदन पेस गरेका हुन ।

केही दिन अघि ओलीले अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई बाजे वकिल अदालतमा बहसो नाममा तमासा गर्न गएको भन्दै टिप्पणी गरेका थिए ।

ओलीले ‘एकजना बाजे वकिलहरुलाई पनि लिएर गएछन् बहस गर्न, यो के तमासा गरेको हो’ भन्ने अभिव्यक्ति दिएका थिए ।

ओलीमाथि कानून व्यवसायीमाथि जथाभावी बोलेको र अदालतमा विचाराधीन विषय प्रभावित पार्न खोजेको आरोप लगाइएको छ ।

यसैबीच, बारका पूर्व अध्यक्षहरु वरिष्ठ अधिवक्ता हरिहर दाहाल, शम्भु थापा, प्रेमबहादुर खड्का र शेरबहादुर केसीले संयुक्तरुपमा विज्ञप्ति निकालेर कानून व्यवसायीमाथि प्रधानमन्त्रीले निर्लज्ज व्यवहार देखाएको आरोप लगाएका छन् ।

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : ११ माघ २०७७, आइतबार  ५ : ०० बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका