विमलाको ह्याट्रिक, आर्मीसँग वालिङको फराकिलो हार | Khabarhub Khabarhub

विमलाको ह्याट्रिक, आर्मीसँग वालिङको फराकिलो हार


११ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय महिला लिगमा विभागीय त्रिभुवन आर्मी क्लबले वालिङ नगरपालिकाविरुद्ध शानदार जित हात पारेको छ । आइतबार भएको पहिलो खेलमा आर्मीले वालिङलाई ७–० गोल अन्तरले पराजित गरेको हो ।

जसमा आर्मीका लागि विमला चौधरीले ह्याट्रिक पुरा गरिन् । यस्तै, आर्मीका लागि दिपा राई, शर्मिला थापा, भुजंगा राई र हेमा चौधरीले समान एक–एक गोल गरे ।

वालिङले प्रतियोगितामा पहिलो हार व्येहोर्दा आर्मीले पहिलो जित हात पारेको हो । विमलाले खेलको १५, ६६ र ७५ औं मिनेटमा गोल गोल गर्दै ह्याट्रिक पुरा गरिन् । यस्तै, लिगको यो दोस्रो ह्याट्रिक हो ।

यसअघि शसस्त्रकी सावित्रा भण्डारीले पहिलो ह्याट्रिक गरिसकेकी छन् । यस्तै, आर्मीका लागि दिपाले २८ औं मिनेटमा, शर्मिलाले ४४ औं मिनेट, हेमाले ८९ औं मिनेटमा र भुजंगाले खेलको इन्जुरी समयमा गोल गरेकी हुन् ।

आर्मीविरुद्धको खेलमा वालिङका तीन जना क्यामरुनि खेलाडी मैदान उत्रिएका थिए ।यसअघि आफ्नो पहिलो खेल चौदण्डीगढीसँग गोलरहित बराबरी खेलेको वालिङ आज फराकिलो हार व्येहोर्न पुग्यो ।

‘विदेशी खेलाडी र नेपालका खेलाडीबीच समन्वय नमिल्दा फराकिलो हार व्येहोर्नु पर्यो,’ प्रशिक्षक दिलीप थापाले बताएका छन् । यस्तै विजयी टोली आर्मीका प्रशिक्षक राजु तामाङले टिमले आज राम्रो खेलेपनि अझै धेरै कुरा मिलाउन पर्ने बताएका छन् ।

प्रकाशित मिति : ११ माघ २०७७, आइतबार  ३ : ४७ बजे

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका

अस्पताल परिसरमा इजरायली कारबाही जारी, एक हप्तामा २०० व्यक्तिको मृत्यु

तेल अभिभ – हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा

दाङमा अटो रिक्सा दुर्घटना, तीन जना घाइते

दाङ – दाङको लमीमा अटो रिक्सा दुर्घटना हुँदा तीन जना