पुल बनाउन खटिएका कामदारले डेढ वर्षसम्म ज्याला पाएनन् | Khabarhub Khabarhub

पुल बनाउन खटिएका कामदारले डेढ वर्षसम्म ज्याला पाएनन्


११ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोल्पा– पुल निर्माणमा खटिएका कामदारले ज्याला नपाएको गुनासो गरेका छन् । विसं २०७६ भदौ २७ गतेबाट नियमित काममा खटिएका कामदारले हालसम्म पनि ज्याला नपाएको गुनासो गरेका हुन् ।

हुम्लाको सिमकोट गाउँपालिका–७ र नाम्खा गाउँपालिका–१ मा पर्ने हेप्काखोलाको पुल निर्माणका लागि जिल्ला बाहिरबाट आएका कामदारले डेढ वर्षदेखि काम गर्दा पनि ज्याला नपाएको गुनासो गरेका छन् ।

हिल्सा–सिमकोट सडकखण्डअन्तर्गतको हेप्काखोला पुल निर्माण गर्ने कार्य तीव्ररूपमा सञ्चालन भइरहेको भए पनि ठेकेदारको लापरवाहीका कारण हालसम्म काम गरेको करिब रु १९ लाख रकम नपाएको कामदारका टोली नेता खुशीराम थारूले गुनासो गरे ।

हेप्काखोलाको पुल निर्माण गर्ने क्रममा कामदारलाई पहिलोपटक पेस्कीस्वरुप रकम दिने भनिए पनि ठेकेदारको लापरवाहीका कारण हालसम्म पनि सो रकम नपाएपछि कामदारले यो ठाउँमा रहेका होटल तथा पसलेसँग ऋण सापट गरेर जीविकोपार्जन गर्दै आएको उनले बताए ।

पुलमा काम गर्ने १२ कामदार कैलाली जिल्लाका नागरिक रहेका छन् । कामदारमध्येका नेता थारूले भने, “पटक–पटक ठेकेदार र हिल्सा–सिमकोट सडक योजना कार्यालयलाई हारगुहार गर्दासमेत कुनै सुनुवाइ भएन, हामी जिल्ला बाहिरका नागरिक भएका कारण हेपाहा प्रवृत्ति भएको छ ।” उक्त निर्माणाधीन पुल २५ मिटर लम्बाइ, १४.३३ मिटर उचाइ र आठ मिटर चौडाइ रहेको छ ।

हुम्ला जिल्लामा आफ्नो भन्नु कोही पनि नभएकाले हालसम्म पनि कुनै ठाउँमा उजुरी गर्न नसकिएको उनले दुखेसो पोखे । ठेकेदारले कामदारलाई काम मात्रै गराउने तर ज्याला मजदुरीको आर्थिक रकम नदिने गरेको देखिन्छ ।

प्रकाशित मिति : ११ माघ २०७७, आइतबार  १० : ५० बजे

आजका समाचार : एमालेको महाधिवेशन प्रतिनिधि परिषददेखि अर्थमन्त्री पुन स्वदेश फिर्तासम्म

एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु नेकपा एमालेको महाधिवेशन प्रतिनिधि

उपनिर्वाचनमा पैसा बाँड्नेलाई कारबाही हुन्छ : गृहमन्त्री लामिछाने

फिक्कल– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं उपप्रधान तथा गृहमन्त्री

नेपाल हङकङसँग पराजित

काठमाडौं- नेपाल हङकङसँग पराजित भएको छ । एसीसी प्रिमियर कप

अमेरिकी विद्युतीय निगरानी उपकरणको प्रयोग गर्न सिनेटको अनुमति

वासिङ्टन– विदेशमा रहेका अमेरिकी गुप्तचर निकायहरूले व्यापक रूपमा प्रयोग गर्ने

खुट्टा तान्नेले जुत्ता मात्रै पाउँछन् : रवि लामिछाने

इलाम– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताको साथ रहुन्जेल