काठमाडौँ– कुखुरालाई पनि जेलमा राखिन्छ भन्दा भन्ने सुन्दा तपाईलाई विश्वास नलाग्न सक्छ । तर, यो घटना वास्तवमै सत्य हो ।
पाकिस्तानको सिन्ध प्रान्तकोघोटमी जिल्लामा एक कुखुरोलाई आठ महिना जेलमा राखिएको छ । एक स्थानीय अदालतले उक्त कुखुरोलाई आठ महिनापछि जेलबाट रिहा गरेको हो ।
आठ महिना अगाडि लडाइँका बेला केही मानिससहित केही कुखुरालाई पनि गिरफ्तार गरिएको थियो ।
तर कसैले पनि आफ्नो कुखुरा हो भन्दै नआएकोले उनीहरुलाई पनि जेलमै राखिएको थियो । तर केही दिन अगाडि त्यहाँका जफर मीरानीले अदालतमा मुद्दा हालिन्, त्यसपछि उनका कुखुरा रहेको पत्ता लाग्यो । लगत्तै अदालतले कुखुरालाई पनि रिहा गरेको थियो । -एजेन्सीको सहयोगमा
प्रतिक्रिया