कोरोना भाइरस संक्रमित बिरामीका लागि फलफूल र डेरी उत्पादन 'सञ्जीवनी बुटी' सरह | Khabarhub Khabarhub

कोरोना भाइरस संक्रमित बिरामीका लागि फलफूल र डेरी उत्पादन ‘सञ्जीवनी बुटी’ सरह


७ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– न्युट्रेसियन वैज्ञानिकहरूले कोभिड–१९ (कोरोना भाइरस) बाट पूर्ण ठिक हुन लाग्ने समय खानाको मात्रा र शैलीमा निर्भर रहने जनाएका छन् ।

अन्य सङ्क्रमणको समयमा पनि बढी शक्ति र क्यालोरी आवश्यक हुन्छ । कोभिडका कारण नाश भएका सेल पुर्ननिर्माणका लागि शरीरमा धेरै प्रोटिनको आवश्यकता  पर्दछ । यसले बिरामीमा देखाउने प्रतिक्रियामा केही भिन्नता भएका कारण यसको  ध्यान दिन आवश्यक केही विषय छन् ।

कुनै पनि सङ्क्रमणसँग लड्न हाम्रा अङ्गहरू, कोषहरू र हाम्रा शरीरकै केमिकल कति सक्रिय रहने भन्ने कुरा हाम्रो प्रतिरक्षा प्रणाली (इम्युन सिस्टम) मा निर्भर रहेको हुन्छ । ह्वाइट ब्लड सेल (डब्लुबीसी), एन्टीबडी र अन्य संयन्त्रहरूले हाम्रो शरीरमा रहेका अनावश्यक र हानिकारक तत्त्वलाई नाश गर्ने र शरीरको रक्षा गर्ने काम गर्छन् ।

यसका लागि तिनीहरूले बनाएको प्रोटिन र एमीनो एसिड महत्त्वपूर्ण हुन्छ । युनिभर्सिटी अफ साउथहाप्टनका न्युट्रेसनल इम्युनोलोजीका  प्राध्यापक फीलीप काल्डर सङ्क्रमणको समयमा प्रोटिनहरू मांसपेशीमा कोरिएर रहने तथा यसबाट टुक्रिएर एमीनो एसिड बन्ने बताउँछन् । उनका अनुसार एमीने एसिडले नयाँ प्रोटिनको निर्माण गर्छ । यसै कारण बिरामी हुँदा धेरैको तौल घट्ने तथा मांसपेशी कमजोर भएको महसुस हुन्छ ।

“निको हुने क्रममा तपाईंले प्रोटिन फिर्ता गर्नुपर्ने हुन्छ,” प्राध्यापक काल्डर भन्छन्,“ यसले निर्माणका लागि ब्लक तयार गरिरहेको हुन्छ । तपाईँको शरीरमा यो प्रक्रिया चलिरहन्छ । जो अस्पताल या शय्यामा रहेका हुन्छन्, उनीहरूको हकमा यो प्रक्रिया अझ छिटो भइरहेको हुन्छ  ।”

अस्वस्थ हुँदा शरीरको गतिविधि नै सामान्यभन्दा फरक किसिमले चलेका कारण शरीरलाई बढी शक्तिको आवश्यकता हुने उनी बताउँछन् । “अनावश्यक तत्त्वसँग लडिरहेको इम्युन सिस्टमका लागि बढी शक्ति चाहिन्छ,” काल्डर भन्छन् ।

काल्डरका अनुसार बिरामी बेला इम्युन सिस्टमले धेरै पुर्ननिर्माणको काम गरिरहेको हुन्छ । रिकभरी समयमा धेरै कार्बोहाइड्रेट भएका खानेकुरा जस्तै ओट्स, रोटी र पास्ताका साथै धेरै शक्ति दिने र धेरै प्रोटिन भएका खानेकुरा आवश्यक हुन्छ । दही, अण्डा र बदामले तपाईँको शरीरका कोषलाई पुनर्निर्माण गर्न धेरै सहयोग गर्छ ।

बिरामी समयमा हामीलाई पर्याप्त मात्रामा भिटामिन तथा खनिजको पनि आवश्यकता हुन्छ । यिनीहरू कारखानाको मजदुर जस्तै हुन् । हाम्रो शरीरको कुनै अङ्गलाई आवश्यक पर्ने तत्त्व एक स्थानबाट अर्को ठाउँमा लैजाने काम भिटामिन र खनिजले गर्छन् । भिटामिन र खनिजको इम्युन सिस्टममा महत्त्वपूर्ण भूमिका हुन्छ । भिटामिन, ए,सी, डी इ, बी सिक्स, बी नाइन र बी टुवेल्भको भूमिका महत्त्वपूर्ण हुन्छ । यसै गरी, जिङ्क, कपर, सेलेनीयम र आइरनको भूमिका पनि त्यत्तिकै महत्त्वपूर्ण हुन्छ ।

हाम्रो शरीरलाई चाहिने तत्त्वहरू विभिन्न खानेकुराबाट पाउन सक्छौँ । फलफूलको रेसामा पनि यी तत्त्व पर्याप्त मात्रामा हुन्छन् । यसैगरी हामीले प्रयोग गर्ने अण्डा, दूध, मासु र डेरी पदार्थमा रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्ने तत्त्वहरू पाउन सकिन्छ  ।

अमेरिकाको राष्ट्रिय स्वास्थ्य विभागले जाडो महिनामा दिनको १० माइक्रो ग्रामको दरले भिटामिन डी सप्लिमेन्टका लागि सिफारिस गरेको छ । शाकाहारीका लागि भिटामिन बी टुवेल्भको सप्लिमेन्ट उपयुक्त मानिएको छ ।

जैतुनको तेलमा स्वास्थ्य वर्धक फ्याट हुन्छ । जैतुनका साथै रेपसिड तेल नयाँ कोष निर्माणका लाग अत्यन्त उपयुक्त मानिन्छ । ओमेगा थ्री फ्याट र अति आवश्यक फेटी एसिड हाम्रो शरीरले धेरै निर्माण गर्न सक्दैन । यी सबै हामीले खानाबाटै प्राप्त गर्न सक्छौँ ।

बिरामी अवस्थामा हाम्रो खानामा रुचि नभएको हुन सक्छ । हामीले अन्य समयको भन्दा धेरै कम खाएका हनु सक्छौँ । यस्तो समयमा ओमेगा थ्रीको सप्लिमेन्ट पनि आवश्यक हुन सक्छ । कुनै एक भिटामिन, मिनिरल र या तत्त्वले हाम्रो शरीरलाई एकैपटक ठीक गर्न सक्दैन  । यस्तो अवस्थामा धेरै कुरा मिलाएर खाइरहनु नै बुद्धिमानी ठहर्छ ।

प्राध्यापक काल्डर कोभिडबाट निको हुनका लागि या यसको असरलाई हटाउनका लागि विशेष शैलीको ‘डाइट’को आवश्यकता हुने बताउँछन्   । उनका अनुसार शरीरलाई आवश्यक पर्ने यी तत्त्वहरू सबैभन्दा धेरै वनस्पतिजन्य पदार्थमा पाइन्छ । सङ्क्रमणले क्षति पुगेको हाम्रो शरीरलाई निको पार्नका लागि आवश्यक पर्ने वनस्पतिजन्य खाद्य पदार्थको सही छनोट नै हाम्रा लागि बुद्धिमानी ठहरिन सक्छ । प्रशस्त तरकारी, प्रशस्त फलफूल, गेडागुडी र अनाज नै कोभिड रिकभरीको सबैभन्दा उपयुक्त उपाय हुन सक्ने काल्डर बताउँछन् ।

मासु प्रोटिनको राम्रो स्रोत हुन सक्छ भने वनस्पति सबै तत्त्वका लागि उपयुक्त हुन्छ । तोफु, बदाम, भटमास, सिमी र बोडी हाम्रो शरीरमा प्रोटिनको कमीलाई हटाउन पर्याप्त भूमिका खेल्छन् । शाकाहारीका लागि एमीनो एसिड सहित  सम्पूर्ण कुरा प्राप्त गर्न भिन्न खाले तरकारी र फलफूलको पर्याप्त सेवन उपयुक्त मानिन्छ । शाकाहारीका लागि बिरामीबाट  निको हुन गेडागुडी अनिवार्य झैँ मानिएको छ ।

हाम्रो शरीरको इम्युन सिस्टमलाई नियमित गर्न र यसमा कुनै बाधा अड्चन नआओस् भन्नका खातिर यस समयमा फाइबरयुक्त खाने कुरा भने छुटाउनु हुँदैन । फाइबरयुक्त खानेकुरा बिरामी भएको समयमा र नियमित समयमा पनि आवश्यक मानिन्छ ।

काल्डरको सुझाव के पनि छ भने,  रिकभरी समयमा धेरै समयको अन्तरालमा खाना खानु सही हुँदैन । छोटो समयको अन्तरालमा केही खाइरहनु आवश्यक हुन्छ  । यसले हाम्रो शरीरलाई आवश्यक पर्ने तत्त्व लिएर यसको सही ढङ्गले उपयोग गरिरहेको हुन्छ । नरम खाने कुरा खानु र शान्त शैलीले खाँदा यसले शरीरलाई धेरै लाभ हुने काल्डर बताउँछन् ।

यदि रोगका कारण हाम्रो तौल घटेको छैन भने  चिकित्सकले तयार गरेको दैनिक ‘डाइट’को सूची  उपयुक्त मानिन्छ । तीन हत्केला मासु उपयुक्त मानिन्छ । यसमा रातो मासुभन्दा अन्य मासु उपयुक्त ठहरिएको छ । शाकाहारीका लागि यही मात्रामा तोफु, भटमास या सिमी उपयुक्त ठहरिन सक्छ ।

यस्तै दैनिक ५ भिन्न फलफूल आवश्यक मानिएको छ  । एक फलफूल ८० ग्राम उपयुक्त मानिएको छ । क्याल्सियम सहितको  डेरी पदार्थ पनि दैनिक सेवन गर्नु उपयुक्त मानिएको छ ।

ब्रिटिस डाइएटिक एसोसिएसनका डाइटीसियन क्रिस्चियन ज्याक्सन धेरै थकान भएको छ या तौल पनि घटेर कमजोर भएको छ भने सुरुवाती दिनमा तौलमा ध्यान नदिई तागतिलो पदार्थमा ध्यान दिन आवश्यक ठान्छिन् । सुरुवाती दिनमा नै मांसपेशी बलियो बनाउने खानेकुरा आवश्यक हुने उनको बुझाइ छ ।

धेरै जनाले कमजोर भइसकेपछि स्वास्थ्यवर्धक खानेकुरा खोज्छन् । तर, क्रिस्चियनको बुझाइमा उक्त समयमा इनर्जी लेभल हुने भएकाले जुनसुकै भए पनि क्यालोरी युक्त खाने कुरा खानु उपयुक्त हुन्छ । यस समयमा दूधजन्य पदार्थ तथा हट चकलेट उपयुक्त हुन सक्छ । पुरै खाना हामीलाई नरुच्न सक्छ ।  त्यसैले बिरामी अवस्थामा डेरी पदार्थले पनि स्वास्थ्यलाई धेरै सहयोग गर्ने गर्छ ।

ज्याक्सन मासुले डेरी पदार्थलाई केही सहयोग गर्ने भए पनि पेयपदार्थ खरिदमा धेरै कुरा ध्यान दिनुपर्ने धारणा राख्छिन् । ज्याक्सनका अनुसार बजारमा रहेका धेरै पेयपदार्थ तथा सेकहरू तौल घटाउनका लागि हुन्छन् । यसमा धेरै प्रोटिन भए पनि क्यालोरी कम हुन सक्छ ।

यसकारण आफ्नो अवस्था अनुसारको पेय पदार्थ डिपार्टमेन्टल स्टोरमा नकिनेर औषधी पसलमा किन्ने हो भने सही कुरा पाउन पनि सकिन्छ । औषधी पसलमा आफ्नो शरीरमा आवश्यक भिटामिन, खनिज , क्यालोरी र प्रोटिन अनुसारको पेयपदार्थ भए या नभएको हेरेर मात्र इनर्जी ड्रिङ्क खरिद गर्न ज्याक्सन सुझाव दिन्छिन् । थोरै खाने र पटक–पटक खाने बानी  शरीरका लागि उपयुक्त भएको उनी बताउँछिन् ।

कोभिड–१९ सँग भिडिरहेकामध्ये धेरैले स्वाद तथा गन्ध हराएका छन् । धेरैजसो दुई या तिन सातामा निको भएका छन् भने १० प्रतिशतलाई महिनौँ लागेको छ । स्वाद तथा गन्ध हराउने व्यक्तिको बारेमा अध्ययन गरिरहेको संस्था एबसेन्टका प्रमुख साराहा ओकेलीको अनुसार भोक लाग्ने तरिका नै फरक हुने भएकाले यस्तो भएको हो ।

उनले भिन्न खाले खाने कुराको प्रयास गर्दा चाँडो स्वाद आउन थाल्ने बताएकी छिन् । त्यस्ता बिरामीलाई गन्धसम्बन्धी प्रशिक्षण पनि आवश्यक हुने उनी बताउँछिन् ।

कोभिडका धेरै असर छन् ।  यसको असर हाम्रो शरीरमा लामो समय रहन सक्छ । यसको असरले हाम्रो शरीरका अङ्ग पनि प्रभावित भएका हुन्छन् । यस अवस्थाको सामना गर्नु उपयुक्त भनेको खाने कुरामा ध्यान दिनु नै हो । डेरी उत्पादन, फलफूल र गेडागुडी सबै कोभिड बिरामीका लागि उपयुक्त मानिएको छ  ।

 

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  १० : २३ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०