घ्यूकुमारी एक, लाभ अनेक | Khabarhub Khabarhub

घ्यूकुमारी एक, लाभ अनेक


७ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रायः अहिले हरेक घरमा पाइने घ्यूकुमारी एक गुणकारी वनस्पति हो । यसलाई सजिलैसँग आँगन वा गमलामा रोप्न सकिन्छ । घ्यूकुमारी आफैमा अत्यन्त लाभदायी आयुर्वेदिक औषधी हो । यसले छालाको सुरक्षादेखि घाउ भर्न, अनुहारमा निखरता ल्याउनका साथै कपालको सुरक्षासमेत गर्दछ । घ्यू कुमारीमा भिटामिन ए र सी पाइन्छ ।

यी हुन् घ्यूकुमारी खानुको फाइदा :

– बिहान बेलुका नियमित दुई चम्चा घ्यू कुमारी सेवन गरेमा यसले कमलपित्त, जन्डिस लगायतको रोग नियन्त्रण गर्नुका साथै कालान्तरमा निको पार्दछ ।

– शरीरको कुनै भाग काटेमा वा आगोले पोलेमा घ्यूकुमारीको रस निकालेर त्यसमा लगाउँदा आराम मिल्नुका साथै घाउ चाँडै निको हुन्छ ।

– घ्यूकुमारी पानीमा मिसाएर खादा कब्जियत र दिसा नलाग्ने समस्या हराउँछ ।

– घ्यूकुमारीको जुसले छालाको लचिलोपन बढाएर स्वस्थ र तन्दुरुस्त बनाउँछ ।

– घ्यूकुमारीको गुदी मनतातो पारेर २ थोपा दाहिने कान दुखोमा देब्रे कानमा र देब्रे कान दुखेमा दाहिने कानमा हाल्दा र दुवै दुखेमा दुबैमा हाल्नाले ठिक हुन्छ ।

– घ्यूकुमारी खाँदा अपच र ग्याँस फर्मेसनका कारण पेट र छाती दुख्ने समस्या निको हुन्छ ।

– यसको सेवनले चिनीको मात्रा सन्तुलित गर्छ जसले मधुमेहमा लाभ पुर्‍याउँछ ।

– घ्यूकुमारीको गुदीमा बेसार फिटेर मनतातो पारी राती सुत्ने बेलामा आँखामा बाँध्नाले आँखामा हुने सम्पूर्ण रोग निको हुन्छ ।

– शरीरमा आएको दादमा घ्यूकुमारीमा लसुन पिसेर लेप लगाउँदा निको हुन्छ ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ७ : ३३ बजे

उपनिर्वाचनको प्रचारप्रसार आजदेखि बन्द

काठमाडौं– यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आजदेखि प्रचारप्रसार

उद्योग समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम

यी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानु महाशाखाले हाल

विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढ्दै

काठमाडौं – विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढिरहेका पाइएको छ। सन्

गुजरातविरुद्ध दिल्लीले निकाल्यो चार रनको रोचक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा