एमालेका करिब ६ हजार वडा कमिटीको अधिवेशन सम्पन्न « Khabarhub

एमालेका करिब ६ हजार वडा कमिटीको अधिवेशन सम्पन्न


६ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौँ– नेकपा एमालेले शनिबार देशभरि एकैसाथ करिब छ हजार वडा कमिटीको अधिवेशन गरेको छ । एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बाढी, पहिराका कारण केही जिल्लाबाहेक करिब छ हजार वडा कमिटीको अधिवेशन शनिबार गर्न थालिएको जानकारी दिए ।

“करिब छ हजार वडा कमिटीको अधिवेशन भएको हाम्रो प्रारम्भिक मूल्याङ्कन रहेको छ”, उनले भने, “ हामीले कति वडाको अधिवेशन सक्यौँ, त्यसको विवरण सङ्कलन हुँदैछ ।” वडा कमिटीमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित ३१ जना निर्वाचित भएका छन् । गाउँपालिका र नगरपालिकामा ३१ सदस्यीय कमिटी, उपमहानगरपालिकामा ४१ सदस्यीय कमिटी र महानगरपालिकाका वडा कमिटीमा ५१ सदस्यीय कमिटी निर्वाचित हुनेछन् ।

कमिटीलाई ३३ प्रतिशत महिला अनिवार्य गरिएको छ । देशभरि छ हजार ७४३ वडा रहेका छन् । उनले बाढी, पहिराका कारणले रोकिएको अधिवेशन एक हप्ताभित्र गर्ने बताए । देशैभरिका वडा अधिवेशनको उद्घाटन पार्टी मुख्यालयबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए ।

एमालेले राष्ट्रिय महाधिवेशनको तयारीस्वरुप शनिबार पहिलो चरणमा वडा कमिटीको अधिवेशन गरेको हो । एमालेले वडा अधिवेशन सकेर यही कात्तिक ९ गते पालिका अधिवेशन गर्ने छ । एमालेको आगामी मङ्सिर १० देखि १३ गतेसम्म १० औँ राष्ट्रिय महाधिवेशन चितवनमा हुने भएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  ७ : ५३ बजे

माधव नेपालको गृहनगर गौरको मेयर र उपमेयर दुवैमा एकीकृत समाजवादी विजयी

गौर- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको गृहनगर रौतहटको गौर

अमेरिकामा फेरि कोरोना भाइरस संक्रमण बढ्दै

काठमाडौं- अमेरिकामा करिब १ करोड ३२ लाख बालबालिका कोभिड १९

प्रतिनिधिको विषयमा विवाद हुँदा रोकिएको पोखराको मतगणना पुनः सुरु

कास्की- पोखरा महानगरपालिकाको मतगणना स्थलमा प्रतिनिधिको विषयमा विवाद हुँदा रोकिएको

कांग्रेसले ‘बेबी किङ्ग’ छाडेको त्यो निर्णायक घुम्ती

काठमाडौँ– आठ वर्ष लगाएर तत्कालीन संविधान सभाबाट जारी भएको संविधान

प्रदूषणका कारण ९० लाख मानिसहरूको मृत्यु भएको नयाँ प्रतिवेदन सार्वजनिक

काठमाडौं- सन् २०१९ मा प्रदूषणका कारण विश्वभर ९० लाख मानिसको