ओखलढुंगाका ६४ वडामा एमालेको नेतृत्व चयन | Khabarhub Khabarhub

ओखलढुंगाका ६४ वडामा एमालेको नेतृत्व चयन


६ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ओखलढुंगा– नेकपा एमालेको वडा अधिवेशनको पहिलो दिन ६४ वडामा नेतृत्व सर्वसम्मत चयन भएको छ । शनिबार ओखलढुंगाका ६६ वडामा अधिवेशन शुरु भएको थियो । दुई वडामा बन्द शत्र शुरु भएकाले रातिसम्म नेतृत्व चयन भइसक्ने एमाले जिल्ला सचिव शंकर कटवालले बताए ।

जिल्लाका कुल ८ स्थानीय तहका ७५ मध्ये ९ वडामा भने स्थगित भएको छ । तयारी नपुगेर स्थगन गरिएको सचिव कटवालको भनाइ छ । कतिपय वडामा कमिटी घोषणा गर्न विधानमा तोकिए बमोजिमका पार्टी सदस्य अधिवेशन स्थलमा उपस्थित नभएकाले स्थगित गरिएको हो । वडामा ३१ सदस्यीय कमिटी रहने एमाले विधानमा उल्लेख छ ।

चिशंखुगढीका ८ मध्ये ३ वडामा अधिवेशन स्थगित गरिएको छ । यीमध्ये २ वडाको पहिले नै र एक वडामा कोरम नपुगेर शनिबार स्थगित भएको हो । त्यस्तै मानेभञ्ज्यांगका ४ वटा वडा, सुनकोसीका २ वडामा ८ कात्तिकमा अधिवेशन हुने बताइएको छ । स्थानीय तहको अधिवेशन देशभर ९ गते तोकिएको छ । त्यसअघि वडा अधिवेशन सक्नुपर्ने समयसीमा छ ।

कतिपय वडामा कमिटीमा राख्ने पदाधिकारी संख्या जति पनि पार्टी सदस्य नहुँदा एमालेलाई समस्या भएर स्थगित गरिएको एमालेकै नेताले बताएका छन् । पार्टी विभाजनले कतिपय वडामा कमिटीका पदाधिकारी चयनमा एमालेलाई सकस छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  ७ : ४६ बजे

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न

गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने

काठमाडौं । गोरखा भूकम्पको सम्झनामा बृहत् फोटो प्रदर्शनी हुने भएको