माइतीघरमा इन्जिनियरहरुको विरोध प्रदर्शन | Khabarhub Khabarhub

माइतीघरमा इन्जिनियरहरुको विरोध प्रदर्शन


६ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इन्जिनियर पेशामाथिको दमन बन्द गर्न नेशनल इन्जिनियर्स एसोसिएशन नेपालले माग गरेको छ ।

शनिबार माइतीघर मण्डलामा प्रर्शन गर्दै एसोसिएशनले इन्जिनियरमाथि हुने हरेक दमनलालाई रोक्न माग गरेको हो । सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले जनकपुरधामस्थित खानेपानी तथा ढल व्यवस्थापन कार्यालय प्रमुख राजेश कुशवाहामाथि दुर्व्यवहार गरेको भन्दै उनीहरुले प्रर्दशन गरेका हुन् ।

उनीहरूले कुशवाहालाई कालोमोसो दलेर नाङ्गै जनकपुरधाम परिक्रमा गराउने कार्य गलत मात्रै नभएर अमानवीय भएको बताएका छन् । विरोध प्रदर्शनमा नेशनल इन्जिनियर्स एसोसिएशन नेपाल प्रदेश दुईका अध्यक्ष तेजनारायण यादवले प्रदेश २ मा त्रास फैलिएको भन्दै के नेपालमा सिके राउत राज चलनेको हो त ? भन्दै प्रश्न समेत गरेका थिए । कुशवाहालाई यदि राज्यले न्याय नदिए आफूहरुले आन्दोलन चर्काउने उनले चेतावनी दिए ।

राउतका कार्यकर्ताले जनकपुरधामको ढल व्यवस्थापन र सरसफाईको व्यवस्थापनमा चासो नदेखाएको भन्दै खानेपानी तथा ढल व्यवस्थापन प्रमुख राजेश कुशवाहामाथि दुर्व्यवहार गरी कालोमोसो दलेर नगर परिक्रमा गराएका थिए ।

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  ६ : २९ बजे

लण्डन म्याराथन दौड : नेपालका कुशल दीक्षित छनोट

काठमाडौँ– विश्व चर्चित ‘लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालकातर्फबाट ललितपुर पाटनका

एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौँ– नेकपा एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु भएको छ

केबल परिवर्तनका लागि काठमाडौँका केही ठाउँमा विद्युत् अवरुद्ध

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा आज विद्युत सेवा अवरुद्ध भएको छ

बूढानीलकण्ठलाई विश्वसम्पदा सूचीमा पार्न जोड

काठमाडौँ– सांस्कृतिक महत्वको बूढानीलकण्ठ क्षेत्रलाई विश्वसम्पदा  सूचीमा समावेशको प्रयास गर्न

गण्डकीका मन्त्री मनाङे र चुमानलाई जिम्मेवारी

काठमाडौँ– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी दिएका