गुल्मीमा विद्युत अनियमित, प्राधिकरणलाई एक हप्ते अल्टिमेटम | Khabarhub Khabarhub

गुल्मीमा विद्युत अनियमित, प्राधिकरणलाई एक हप्ते अल्टिमेटम


६ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी – गुल्मीमा विद्युत अनियमित भएपछि उपभोक्ताले हैरानी खेपिरहेका छन् । साँझ बत्ती झ्यापझ्याप जान थालेपछि नेपाल विद्युत प्राधिकरणलाई एक हप्ते अल्टिमेटम दिइएको छ ।

प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले विद्युत प्राधिकरणको कार्यालय, नेपाल टेलिकम, जिल्ला प्रहरी कार्यालय, ट्राफिक कार्यालयका प्रमुख र उद्योग वाणिज्य संघसँग छलफल गरेका थिए ।

पौडेलका अनुसार विद्युत कार्यालयले एक हप्ताभित्र जिल्ला तथा क्षेत्रको सहयोगमा प्राविधिक समस्याको पहिचान गरेर सेवा नियमित गर्ने प्रतिवद्धता जनाएको छ ।

मोबाइल फोन नलाग्ने समस्या पनि उस्तै छ । नेपाल टेलिकम गुल्मीका प्रमुख रुक्मागत सापकोटाले नेटवर्कको समस्या भएका हाडहाडे, नयाँगाउँ, जैसिथोक, आपचौर, दौंघा र नेटा दर्लिङका टावर एक महिनाभित्र संचालनमा ल्याइने बताए ।

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  १० : ५१ बजे

मानसिक रोगको कारण बन्नसक्छ स्मार्ट फोन

सामाजिक मनोचिकित्सक जोनाथान हाइडट पछिल्लो समय युवा पुस्ता अझ भनौँ

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक आज

एकीकृत घुम्ती सेवाप्रति स्थानीयमा उत्साह

महोत्तरी– स्थानीय तहमा राज्यका विभिन्न निकायद्वारा सञ्चालन गरिने एकीकृत घुम्ती

बारम्बार तिर्खा लाग्नु स्वास्थ्य समस्या हुन सक्छ !

काठमाडौँ– अहिले गर्मी मौसम सुरु भएको छ । गर्मीमा पसिना

आईपिएल : ८९ रनमा समेटिएको गुजरातमाथि दिल्लीको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत बुधबार राति भएको