रत्ननगर अस्पताल : दुई वर्षमै आमूल परिवर्तन | Khabarhub Khabarhub

रत्ननगर अस्पताल : दुई वर्षमै आमूल परिवर्तन


७ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– निरन्तरको लगावले हेल्थपोष्टलाई अस्पताल नै बनाउन सकिन्छ भन्ने उदाहरण चितवनको एक अस्पतालले दिएको छ । पूर्वी चितवनस्थित बकुलहर रत्ननगर अस्पतालले दुई वर्षमा आमूल परिवर्तन गरेको छ । चार नगरपालिकाका बासिन्दा यो अस्पतालबाट प्रत्यक्ष लाभान्वित भइरहेका छन् ।

दुई वर्ष अघिसम्म स्वास्थ्य बीमाका बिरामीको रिफरल सेन्टर बनेको यस अस्पतालको अधिकांश विभागमा अहिले विशेषज्ञ चिकित्सकसहितको टोली छ । अस्पतालको सुधारमा योगदान पु¥याउनु भएका मेडिकल सुपरिटेण्डेण्ट डा विश्वबन्धु बगाले राजधानी बाहिरका प्रदेशस्तरको अस्पतालको तुलनामा अग्रणी अस्पतालको रुपमा अघि बढ्न यो अस्पताल सफल भएको बताउँछन् । दैनिक २५० हाराहारी बिरामी स्वास्थ्य बीमाको रिफरका लागि आउने गरेकामा अहिले यो सङ्ख्या ६५० हाराहारी पुगेको छ । त्यसो त अहिले आउने बिरामी रिफरका लागि नभएर उपचारकै लागि आउने गरेका हुन् ।

पूर्वी क्षेत्रमा स्वास्थ्य बीमाको प्रथम बिन्दु सो अस्पताल भएकाले उपचार नपाए पनि रिफरका लागि त्यहाँ बिरामी जाने गरेकामा अहिले त्यही उपचार हुन थालेको उनी बताउँछन् । विसं २०२४ मा हेल्थपोष्टका रुपमा स्थापित उक्त अस्पताललाई स्वास्थ्य मन्त्रालयले विसं २०६४ मा १५ शय्याको अस्पताल बनाउन स्वीकृत दिएको थियो । सङ्घीयतासँगै प्रदेशस्तरीय अस्पताल बनेको उक्त अस्पताल अहिले रत्ननगर नगरपालिका मातहत सञ्चालन हुँदै आएको छ । पछिल्लो समय ५० शय्या स्वीकृत भएकामा ४३ शय्या सञ्चालन हुँदै आएको छ । निकट भविष्यमा नै १०० शय्या पु¥याउने तयारी गरिएको मेडिकल सुपरिटेण्डेण्ट डा बगालेको भनाइ छ ।

अस्पतालमा पाँच शय्याको डायलासिस सेन्टर छ । यसको व्यवस्थापन राष्ट्रिय मिर्गौला केन्द्रले गर्दै आएको छ । यसैगरी स्वीजरल्याण्ड निवासी डा रुथको संयोजकत्वमा छालासम्बन्धी उपचार पनि हुँदै आएको छ । शान्ति मेड नामक सो संस्थाले १५ विशेषज्ञ चिकित्सकसहित कर्मचारीको पारिश्रमिक भुक्तानी गर्दै आएको छ । यो संस्था डा रुथको हो । उनको चिकित्सक समूहसँग छालाको उपचारका लागि चितवन र छिमेकी जिल्लाबाट पनि आउने गर्दथे ।

पछिल्लो समय बहिरङ्ग सेवाका भवन निर्माण भएकाले अस्पतालको सेवा विस्तार पनि गरिएको छ । यहाँ हाल मानसिक रोगबाहेकका अधिकांश विभाग सञ्चालनमा छन् । अस्पतालमा केही समयपछि पाँच–पाँच शय्याका बाल सघन उपचार कक्ष, एक महिनादेखि १४ वर्षसम्मका लागि पिआइसियु र सघन उपचार कक्ष सञ्चालनमा ल्याउन लागिएको छ ।

अस्पतालमा दैनिक चार–पाँच जनाको शल्यक्रिया हुँदै आएको छ । चौबीसैँ घण्टा फार्मेसी, प्रयोगशाला, चिकित्सकसहित आकस्मिक सेवा सञ्चालन भएकाले बिरामी लाभान्वित भएका छन् । अस्पतालमा नयाँ शल्यक्रिया कक्ष र १० शय्याको पोष्टअप निर्माण पनि अन्तिम चरणमा पुगेको छ । अस्पतालमा दैनिक ५० सिलिण्डर क्षमताको अक्सिजन प्लान्ट जडान गरिएको छ । पीसीआर गर्ने उपकरण पनि सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

अस्पतालको आफ्नै फार्मेसीमा ६०० भन्दा बढी प्रकारका औषधि रहेकाले बिरामीका लागि मागअनुसारको औषधि उपलब्ध गराउन सकिने मेडिकल सुपरिटेण्डेण्ट डा बगाले बताउनुहुन्छ । पच्चिस चिकित्सकसहित १२५ स्वास्थयकर्मी तथा कर्मचारीमध्ये १४ विशेषज्ञ चिकित्सक छन्।

बिरामीको चाप र भीडभाड हुन नदिन बिहान ८ बजेदेखि टिकट काटने र ९ बजेदेखि परीक्षण गर्ने गरिएको छ । कोभिडका समयमा समेत कहिल्यै पनि बहिरङ्ग सेवा बन्द नगरिएको अस्पतालले जनाएको छ । पछिल्लो समय सेवा विस्तारसँगै अस्पतालमा आम्दानी पनि बढेका कारण अस्पतालकै आम्दानीबाट सेवा बढाउँदै लगिएको उहाँ बताउनुहुन्छ । अस्पतालको मुख्य आम्दानी बीमा भएकाले मासिकरुपमा रु ६० लाखभन्दा बढी बीमा दाबी गर्ने गरिएको छ । मासिक खर्च रु २५ लाख हाराहारी छ । वचत रकम अस्पताल विस्तारमा खर्च हुँदै आएको मेडिकल सुपरिटेण्डेण्ट डा बगाले बताउँछन् ।

प्रदेश सरकारको सैद्धान्तिक सहमति भए पनि हालसम्म खासै सहयोग भने अस्पतालले पाउन सकेको छैन । साङ्गनिक संरचना निर्धारण गरेर प्रदेश सरकारले बजेट दिएमा नमूना अस्पताल बनाउन सकिनेमा उनी जोड दिन्छन् ।

रत्ननगर नगरपालिका प्रमुख नारायण वन अस्पताललाई स्तरीय बनाउन नगरपालिकाले काम गर्दै आएको बताउँछन् । “भवनको तला थप, कम्पाउण्डवाललगायत भौतिक संरचनासँगै नौस्वास्थ्यकर्मी कर्मचारीको तलब नगरपालिकाले बेहोर्दै आएको र अस्पताल भित्रै मातृशिशु अस्पताल बन्दै गरेको छ,” उनले भने, “यो अस्पताललाई नेपालकै नमूना अस्पतालको रुपमा विकास गरेका छौँ । अस्पताल विस्तार गर्दै जाँदा जग्गा अभाव भएमा आवश्यक जग्गा उपलब्ध गराउन पनि छलफल भइरहेको छ ।”

अस्पताल विकास समितिका अध्यक्ष गोपाल कर्माचार्य हाल एक बिघा तीन कट्ठा मात्रै जग्गा रहेकामा विस्तारका लागि जग्गा खरिद समिति निर्माण गरेर पहल थालिएको बताउँछन् । सरकारी जग्गा पाएमा प्राप्ति र खरिद गर्नुपरेमा गर्ने गरी काम अघि बढाइएको उनको भनाइ छ । रु १४ करोड ५० लाख खर्च गरेर अस्पतालको छुट्टै मातृशिशु अस्पताल बनाउन लागिएको उनले जानकारी दिए । हाल यस अस्पतालमा मकवानपुरबाट समेत बिरामी आउने गरेका छन् । रासस

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहीबार  १ : ५३ बजे

दुर्गा प्रसाईँले पाएको हतियार इजाजतबारे छानबिन गर्न समिति गठन

काठमाडौं – गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईँको नाममा इजाजत

सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु

डोटी – नुहाउने क्रममा सेती नदीमा डुबेर डोटीमा एक किशोरको

प्रधानमन्त्रीको दाबी ‘राष्ट्रिय गौरवका आयोजना समयमै सम्मन्न हुन्छन्’

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका तथा रूपान्तरणकारी

शुक्लाफाँटामा बाह्रसिङ्गाको गणना हुँदै

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वमै दुर्लभ मानिएको वन्यजन्तु बाह्रसिङ्गाको

जनताले महसुस गर्नेगरी काम गर्न गृहमन्त्री लामिछानेको निर्देशन

झापा – उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले जनतालाई परिवर्तनको अनुभूति