घुन्सा हेलिकप्टर दुर्घटनाको १५ वर्ष पुग्यो | Khabarhub Khabarhub

घुन्सा हेलिकप्टर दुर्घटनाको १५ वर्ष पुग्यो


७ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– ताप्लेजुङको घुन्सामा हेलिकप्टर दुर्घटना भएको आज १५ वर्ष पूरा भएको छ ।

तत्कालीन वनमन्त्री गोपाल राईसहित २४ संरक्षणकर्मीको अकल्पनीय सो दुर्घटनमा निधन भएको थियो । कञ्जनजङ्घा संरक्षण क्षेत्र व्यावस्थापन परिषद्ले मृतकको स्मृतिमा आज दीप प्रज्वलन गरिएको छ ।

सरकारले हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका संरक्षणकर्मीको सम्झानामा राष्ट्रिय संरक्षण दिवसका रूपमा मनाउँदै आएको छ । परिषद् अध्यक्ष खगेन्द्र फेम्बुले यसपटक दीप प्रज्वलन गरेको बताए ।

श्री एयरलाइन्सको हेलिकप्टर दुर्घटनामा भूगोलविद् डा हर्क गुरुङ, मन्त्री राईकी श्रीमती मीना राई, संरक्षणविद् डा तीर्थमान मास्के, वन तथा भू–संरक्षण मन्त्रालयका तत्कालीन सचिव डा दामोदरप्रसाद पराजुली, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक नारायण पौडेल, विश्व वन्यजन्तु कोष नेपालका प्रतिनिधि डा चन्द्रप्रकाश गुरुङ, विश्व वन्यजन्तु कोष एसिया प्यासिफिक प्रमुख मिङ्मा शेर्पा, ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका सदस्य विजयकुमार श्रेष्ठलगायत संरक्षण क्षेत्रका दिग्गज स्वदेशी तथा विदेशी संरक्षणकर्मीको निधन भएको थियो ।

विश्वमै पहिलोपटक वन जङ्गलको संरक्षण तथा व्यवस्थापनको जिम्मा स्थानीय समुदायलाई हस्तान्तरण गरी फर्कने बेला फलेस्थित धुन्चे पहाडमा ठोक्किएर हेलिकप्टर दुर्घटना भएको थियो ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहीबार  १ : २५ बजे

विद्युत् आयात गर्नेबाट निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण उपलब्धि : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार भृकुटीमण्डपमा आयोजित हिमालयन हाइड्रो एक्स्पो

मनमोहन ज्येष्ठ नागरिकका सच्चा मित्र र असल नेता : विद्या भण्डारी

काठमाडौं- पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका प्रथम कम्युनिस्ट प्रधानमन्त्री स्वर्गीय

हुम्लाको चंखेलीका तत्कालीन निमित्त प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन निमित्त

हात्तीपाइलेविरुद्ध साझा अभियान

महोत्तरी– मान्छेलाई अशक्त, अपाङ्ग र कुरुप बनाउने घातक रोग हात्तीपाइले

१६औं योजना : समृद्धिका ४० राष्ट्रिय लक्ष्य (सूचीसहित)

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष २०८१/८२–२०८५/८६) मा समृद्धिका