अफगानिस्तनमा उइगर नभएको चीनलाई तालिबानको आश्वासन | Khabarhub Khabarhub

अफगानिस्तनमा उइगर नभएको चीनलाई तालिबानको आश्वासन


७ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आतंकवादी समूह तालिबानले अफगानिस्तानमो कब्जा गरेपछि अफगानिस्तानमा रहेको विदेशी नागरिकहरूलाई विभिन्न मुलुकहरूले फिर्ता लैजाने क्रम शुरु गरेका थिए।

यसरी विभिन्न मुलुकहरूले अफगानिस्तानबाट आफ्नो नागरिक फिर्ता लगेसँगै अफगानिस्तानमा निर्वासित जीवन बाँचिरहेका उइगरहरूलाई फिर्ता बोलाउने चिन्ता बढेको थियो। चीनमा प्रायः निर्वासनमा रहेका उइघुर कार्यकर्ताहरूलाई पूर्वी तुर्कस्तान इस्लामिक आन्दोलन (ईटीआईएम)को सदस्यको रुपमा चिनाउँछ।

चीनले उइगर स्वायत्त क्षेत्र सिन्जियाङमा रहेको उइगरहरूलाई चीनले हिरासतमा राखेर यातना दिने गरेको छ। चीनले उइगरहरूलाई नियन्त्रणमा राखेर जबरजस्ती श्रममा लगाउने, बलात्कार गर्ने, कुटपिट गर्ने, सुँगुरको मासु खान बाध्य पार्नेलगायतका गतिविधिहरू गरिरहेको छ।

चीनको उक्त व्यवहारका कारण कयौं उइगरहरू बेपत्ता भएको छन्। तालिवानको कब्जापछि अफगानिस्तानमा रहेको उइगहरू पनि सुपुर्दगीको त्रासमा रहेका थिए। तर, अफगानिस्तानमा उइगरहरू नभएको तालिबानी प्रवक्ताले बताएका छन्

रेडियो फ्री एशियाले एक तालिबानको हवाला दिँदै रिपोर्ट गरेको छ, चीनले आफ्नो सुदूरपश्चिमी सिनजियाङ क्षेत्रमा मुस्लिम जातीय अल्पसंख्यकमाथि बढ्दो कठोर शासनको औचित्यको रूपमा प्रयोग गर्दै तालिबानले उइगरहरू नभएको बताएको छ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहीबार  ११ : ३८ बजे

सरकारले भूमि बैंकको प्रस्ताव ल्याएकोमा किसान संगठनको आपत्ति

काठमाडौं– ६ किसान सङ्गठनहरूले भूमि बैंकको प्रस्ताव नल्याउन र राष्ट्रिय

शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई सोधियाे स्पष्टीकरण

काठमाडौं– हाजिर गरी बिना जानकारी कार्यालयबाट बाहिर गएको सम्बन्धमा शिक्षा,

हिरासत छल्न अस्पताल बस्ने प्रवत्तिबारे गृहमन्त्रीले गरे मेडिकल काउन्सिलका प्रतिनिधिसँग छलफल

काठमाडौं– प्रहरीले नियन्त्रणमा लिएपछि हिरासतमा बस्नुपर्ने व्यक्ति अस्पताल जाने प्रवृत्तिबारे

पानीमा डुबेर एक युवकको मृत्यु 

दैलेख– भैरवी गाउँपालिका –३ स्थित छामघाट खोलामा नुहाउन गएका एक

अपहरित नाइजेरियाली बालबालिका अभिभावकसँग पुनर्मिलन

कडुना– दुई हप्ताभन्दा बढी समय अपहरणमा परेर सेनाको सहयोगमा मुक्त