काठमाडौँ महानगरका विद्यालय आइतबारबाट खुल्ने | Khabarhub Khabarhub

काठमाडौँ महानगरका विद्यालय आइतबारबाट खुल्ने


७ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-काठमाडौँ महानरपालिकाभित्रका निजी तथा सामुदायिक विद्यालयहरु आगामी आइतबारबाट खुल्ने भएका छन् । महानगरलगायत देशभरका विद्यालय कोरोना महामारीका कारण गत वैशाखदेखि बन्द रहेका छन् ।

बुधबार बसेको महानगर शिक्षा समितिको वैठकले स्वाथ्य सुरक्षाको मापदण्ड कडाइका साथ पालना गरेर विद्यालय खोल्न सक्ने निर्णय गरेको महानगर शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले बताए । उनले भने, ‘सबै विद्यालय खोल्नैपर्छ भन्ने छैन, तर वैकल्पिक शिक्षा प्रभावकारी बनाउन नसकेका विद्यालयले भौतिकरुपमा पढाइ अघि बढाउन सक्छन् ।’

विद्यालयले अभिभावकहरुको समर्थन लिएर भौति रुपमा कक्षा सञ्चालन गर्न सक्ने सुवेदीको भनाइ छ । विद्यालयले अभिभावकसँग छलफल गरेर खोल्ने निर्णय गरेपछि उक्त निर्णयअनुसारको कार्ययोजना बनाएर महानरपालिकामा पेश गरेपछि मात्र विद्यालय खोल्न पाउने उनले बताए । उक्त तयारी गर्नका लागि महानरले आइतबारसम्मको समय दिएको छ ।

यी हुन् विद्यालय सञ्चालन गर्दा पालना गर्नुपर्ने न्यूनतम मापदण्ड

१. विद्यालय सञ्चालन गर्नुपूर्व अभिभावक, शिक्षक अभिभावक संघ र सम्बन्धित वडासमेतका सरोकारवालाको सहभागितामा विद्यालय व्यवस्थापन समितिको बैठक बसी आपसी सहमति र समझदारीमा मात्र भौतिक रुपमा विद्यालय सञ्चालन गर्ने गराउने ब्यवस्था मिलाउने ।

२. विद्यालयहरुले विद्यालय सञ्चालनको विस्तृत कार्ययोजना बनाइ अनिवार्य रुपमा शिक्षा विभागमा पेश गर्ने ।

३. विद्यालयमा विद्यार्थीहरुको सम्पर्कमा रहने शिक्षक, कर्मचारी, चालक, सहचालक लगायत सबैले खोप लगाएको सुनिश्चित गर्ने यदि खोप लगाउन कोही बाँकी भए तुरुन्त काठमाडौँ महानगरपालिकाको जन स्वास्थ्य विभागमा सम्पर्क राखी खोप लगाउने ।

४. विद्यालय सञ्चालन पूर्व विद्यालय परिसर र कक्षा कोठाको पूर्ण सरसफाइको सुनिश्चितता गर्ने ।

५. विद्यालयको भौतिक अवस्था, विद्यार्थी संख्या र उपलब्ध जनशक्तिका आधारमा एकै सिफ्ट वा फरक फरक सिफ्ट र दिनमा कक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउने ।

६. विद्यालयको गेटमा र कक्षा कोठा बाहिर सेनिटाइजर वा साबुन पानीको प्रबन्ध गरी बेला बेलामा हात सेनिटाइज गर्ने वा धुने व्यवस्था मिलाउने ।

७. विद्यालयको गेटमा नै थर्मल गन राखेर प्रत्येक दिन विद्यार्थी र कर्मचारीको ज्वरो परीक्षण गर्ने र ज्वरो नआएको एकिन गरेर मात्र भित्र पठाउने व्यवस्था मिलाउने ।

८. विद्यालयको गेट, कक्षा कोठा र शौचालयको प्रयोग गर्दा बच्चाहरु लाइनमा, पालैपालो दूरी कायम गरी निस्कने र पस्ने प्रबन्ध गर्ने ।

९. सबै जनाले अनिवार्य रुपमा मास्क लगाउने, जगेडा मास्क लिइ आउने र मास्क नलगाइ आउने विद्यार्थीलाई विद्यालयले मास्क उपलब्ध गराउने व्यवस्था मिलाउने ।

१०. खाजा र पानीको प्रबन्ध विद्यार्थी स्वयम्ले घरबाट नै गर्न सूचित गर्ने ।

११. कक्षा कोठाको क्षमताका आधारमा भौतिक दूरी कायम हुने गरी मात्र विद्यार्थीहरुको बसाइ व्यवस्थापन गर्ने ।

१२. प्रत्येक दिन कक्षा शुरु गर्नुपूर्व र कक्षा संचालन पश्चात विद्यालय परिसर र कक्षा कोठाहरु अनिवार्य रुपमा सेनिटाइज गर्ने ब्यवस्था मिलाउने ।

१३. स्वास्थ्य समस्या भएका विद्यार्थी, शिक्षक र कर्मचारीहरुलाई विद्यालय नआउन जानकारी गराउने ।

१४. विद्यालयहरुले बालबालिकाहरुलाई हरेक दिन कक्षा संचालन पूर्व १०-१५ मिनेट स्वास्थ्य सतर्कताबारे सजग गराउने र मनोपरामर्श गरी उत्प्रेरणा प्रदान गर्ने ।

१५. विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र सम्बन्धित वडाबाट नियमितरुपमा अनुगमन र समन्वय गर्ने ब्यवस्था मिलाउने ।

१६. विद्यालयमा बच्चालाई स्वास्थ्य समस्या देखिएमा छुट्टै आइसोलेसन कक्षमा राख्ने व्यवस्था गर्ने, अभिभावकलाई खबर गर्ने र तुरुन्त नजिकको स्वास्थ्य संस्थामा लैजाने ब्यवस्था मिलाउने ।

१७. विद्यालयमा सामूहिक कार्यक्रम/सामूहिक प्रार्थना आदि नगराउने ।

१८. विद्यालयमा खाजा समयमा भीडभाड नहुने गरी आलोपालो गर्ने प्रबन्ध मिलाउने ।

१९. विद्यार्थीलाई आफ्ना पाठ्यसामग्री, पानीका बोतल, खाजा, झोला आदि सामान आफूले मात्र प्रयोग गर्न र साथीसँग साटासाट नगर्न सजग गराउने ।

२०. अभिभावकले नै बच्चा विद्यालयमा ल्याउने लैजाने कार्यलाई प्रोत्साहित गर्ने । सवारी साधन प्रयोग गर्नुपर्ने अवस्थामा सामाजिक दूरी कायम हुने गरी सवारी साधनमा बस्ने ब्यवस्था मिलाउने ।

२१. विद्यालयमा स्वास्थ्य वा विज्ञान शिक्षकलाई कोविड फोकल शिक्षक तोक्ने र हरेक कक्षामा नियमित अनुगमनका लागि विद्यार्थी मनिटरको व्यवस्था गर्ने ।

२२. विद्यालयमा स्वास्थ्य हेल्प डेस्क राख्ने ।

२३. सुरुका दिनमा माथिल्लो कक्षाबाट पठनपाठन थालेर गरेर क्रमशः तल्ला कक्षाहरु सञ्चालन गर्ने ब्यवस्था मिलाउने ।

२४. सुरुका दिनमा कक्षा सञ्चालन गर्दा केही पिरियड मात्र पठनपाठन गरी क्रमशः अवस्था हेरी पिरियडको संख्या बढाउदै लैजाने ।

२५. सबै विद्यार्थीहरुको भौतिक उपस्थितिमा पूर्णरुपमा कक्षा संचालन नहुञ्जेल चालु वैकल्पिक सिकाइलाई निरन्तरता दिने ।

२६. अचानक कुनै नयाँ परिस्थिति आइपरेमा महानगर शिक्षा विभागमा खबर गरी प्राप्त निर्देशन अनुसार गर्ने ।

२७. काठमाडौं महानगरपालिका, शिक्षा विभाग मार्फत नियमित अनुगमनको व्यवस्था मिलाउने ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहीबार  ११ : ३८ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६