विज्ञहरु भन्छन् : अष्ट्रेलियामा अझै केही हप्ता वा महिनासम्मै भूकम्पको पराकम्प आउन सक्छ | Khabarhub Khabarhub

विज्ञहरु भन्छन् : अष्ट्रेलियामा अझै केही हप्ता वा महिनासम्मै भूकम्पको पराकम्प आउन सक्छ


७ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मेलवर्न– अष्ट्रेलियामा केही हप्ता वा महिनासम्म पनि भूकम्पको पराकम्पहरु आउन सक्ने विज्ञहरुले बताएका छन् ।

भिक्टोरिया राज्यको म्यान्सफिल्ड केन्द्र बिन्दु पारेर बुधबार बिहान बिहान सवा ९ बजेतिर ५.९ रेक्टर स्केलको भुकम्प गएपछि विज्ञहरुले सुरक्षित रहन आग्रह गरेका हुन् ।

मेलवर्नबाट १९० किमी टाढा केन्द्रबिन्दु पारेर गएको भुकम्पले मेलवर्न लगायत आसपासका क्षेत्रहरु न्यु साउथ वेल्स, एडिलेड र क्यानवेरासम्म पनि धक्का महशुस भएको जनाइएको छ । भुकम्पले मेलवर्नमा केही भवन भत्किएका छन् ।

जियो साइन्स अष्ट्रेलियाका अनुसार आलपाइन राष्ट्रिय निकुञ्ज आसपास केन्द्र बनाएर भूकम्प गएको हो ।

युरोपियन सेटलमेन्टपछि अष्ट्रेलियामा आएको ठुलो मध्येको यो एक भूकम्प हो । पहिलो भूकम्प गएपछि ६ वटा भन्दा बढी पटक पराकम्पहरु गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

विज्ञहरुका अनुसार त्यस्ता पराकम्पनहरु महिना, वर्षदिन सम्म पनि आइरहन सक्नेछन् । भूकम्पले भौतिक संरचनामहरुमा क्षति पुगे पनि मानवीय क्षति भने नभएको जनाइएको छ ।

अष्ट्रेलिया जियो साईन्सका अनुसार यस भूकम्पको केन्द्रबिन्दुको गहिराई जमिन भन्दा १० किलोमिटर तलसम्म रहेको जनाइएको छ ।

राज्यको आपतकालीन सेवाले मानिसहरुलाई सम्भावित भूकम्पको लागि सतर्क रहन भनेको छ । उसले जोखिममा रहेको क्षतिग्रस्त भवनहरुबाट टाढा रहन र सुरक्षित साथ बस्न समेत आग्रह गरेको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहीबार  ८ : २८ बजे

सुनसरीको भोक्राहामा आगलागीबाट लाखौँको क्षति

सुनसरी – सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ शिवगञ्जस्थित शिशौ टोलमा आज

आगलागी पिडितलाई राहत वितरण

तम्घास । गुल्मीको मदाने गाउँपालिका १ अग्लुङ्गका आगलागी पिडितहरुलाई राहत

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

कर्णालीका मुख्यमन्त्रीले बिहीबार विश्वासको मत लिने

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बिहीबार विश्वासको मत

सूर्य नेपाल ओपन : पहिलो दिन भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३/२४ अन्तर्गतको सातौं प्रतियोगिता,