लुम्बिनीका मुख्यमन्त्री केसीले पाए विश्वासको मत | Khabarhub Khabarhub

लुम्बिनीका मुख्यमन्त्री केसीले पाए विश्वासको मत


७ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सभाबाट विश्वासको मत पाएका छन् । सोमबार मुख्यमन्त्री केसीले प्रदेश सभामा विश्वासको मत दिइयोस भन्ने प्रस्ताव राखेका थिए ।

सो प्रस्तावको पक्षमा ४२ मत प्राप्त भएको छ । हाल ८० सदस्यीय कायम रहेका प्रदेश सभामा उनले पाएको मत स्पष्ट बहुमत हो । सोमबार बैठकमा ४३ जना उपस्थित थिए ।

यस्तै प्रस्तावको विपक्षमा १ मत पर्‍यो । एमालेले बहिस्कार गरेको प्रदेश सभामा मुख्यमन्त्री केसीले राखेको प्रस्तावमा मतदान भएको हो ।

माओवादी नेता केसी काँग्रेस, समाजवादी र जनमोर्चाको समर्थनमा मुख्यमन्त्री बनेका थिए । एमाले नेतासमेत रहेका तत्कालिन मुख्यमन्त्री शंकर पोखरेलले अल्मतमा परेपछि पदबाट राजीनामा दिएका थिए । त्यसपछि केसी गठबन्धनको नेतृत्व गर्दै मुख्यमन्त्री बनेका थिए ।

एमालेले भने प्रदेश सभा बैठकमा लगातार अवरोध गरेको थियो । सांसद विमला वली र अजय शाहीलाई पदमुक्त गर्नुपर्ने माग गर्दै एमालेले बैठकमा अवरोध गरिरहेको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार  ५ : १५ बजे

खुट्टा तान्नेले जुत्ता मात्रै पाउँछन् : रवि लामिछाने

इलाम– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताको साथ रहुन्जेल

आईओसीद्वारा ओलम्पिक आर्टिफिसियल इन्टेलिजेन्स एजेन्डा सुरू

काठमाडौं– अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आइओसी) ले शुक्रबार ओलम्पिक आर्टिफिसिएल इन्टेलिजेन्स

याङ्जाकोटमा बढ्दै पर्यटक

लेखनाथ– कास्कीको पर्यटकीय गाउँ याङ्जाकोटमा नयाँ वर्षसँगै पर्यटकको सङ्ख्या बढेको

रास्वापा सिद्धयाउने षड्यन्त्र भइरहेको छ : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना पार्टीलाई सिद्धयाउने

युक्रेन र रुसबीचको हवाइ आक्रमणमा सर्वसाधारणको मृत्यु

किएभ– युक्रेनले शनिबार बिहानै रूसतर्फ ड्रोन आक्रमण गरेको र आक्रमणका