अस्ट्रेलियामा एक सातामा तीन नेपाली विद्यार्थीको मुत्यु | Khabarhub Khabarhub

अस्ट्रेलियामा एक सातामा तीन नेपाली विद्यार्थीको मुत्यु


७ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अस्ट्रेलियामा यसै सातामा तीन नेपाली विद्यार्थीहरुको मृत्यु भएको छ । उच्च शिक्षा अध्ययनको लागि अस्ट्रेलिया गएका तीन नेपाली विद्यार्थीहरुको विभिन्न कारण मृत्यु भएको हो ।

दुई वर्षअघि अध्ययनका लागि अस्ट्रेलियाको पर्थमा गएका रामेछाप स्थायी घर भएका सम्राट तामाङ, क्यानबेरा बस्दै आएकी रश्मी लेखक र एनएसडब्लुको डब्बोमा एक महिलाको मृत्यु भएको एनआरएन अस्ट्रेलियाले जनाएको छ ।

तामाङ र लेखकले उपचारको क्रममा अस्पतालमै ज्यान गुमाएका हुन भने एक महिला आफ्नै कोठमा मृत अवस्थामा फेला परेकी हुन् ।

अध्ययनको लागि पर्थ पुगेका तामाङ केही दिनदेखि बेहोस अवस्थामा रहेको र उनको सोही स्थानको एक स्थानीय अस्पतालमा उपचारका क्रममा निधन भएको हो। अन्तिम संस्कारको लागि तामाङको शव नेपाल पठाउन एनआरएन तथा स्थानीय संघ संगठनहरुले तयारी गरिरहेका छन ।

यस्तै लिभरकी बिरामी रश्मी लेखकको पनि उपचारकै क्रममा निधन भएको हो ।

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार  ४ : ४२ बजे

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको

साउदी प्रो लिग : अल नासरको पुनरागमन जित

काठमाडौँ- साउदी प्रो लिग फुटबलमा अल नासरले पुनरागमन जित निकालेको

संस्कृति संरक्षण गर्न नौमती बाजा हस्तान्तरण

लमजुङ– परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई नौमती

मृत्युमार्गको विकल्प सिद्धबाब सुरुङ (फोटो फिचर)

मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी पाल्पा – मृत्युमार्गले परिचित सिद्धार्थ राजमार्गको

आँबुखैरेनी अस्पताललाई डायलाइसिस मेसिन प्रदान

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस