तेस्रो धारका नेताहरु एमालेमै रहने, स्थायी कमिटी बैठकमा सहभागी हुने (भिडियोसहित) | Khabarhub Khabarhub

तेस्रो धारका नेताहरु एमालेमै रहने, स्थायी कमिटी बैठकमा सहभागी हुने (भिडियोसहित)


७ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एमालेका तेस्रो धारका नेताहरु अन्ततः एमालेमै रहने भएका छन् । सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा अध्यक्ष ओली र तेस्रो धारका नेताहरुबीच भएको छलफल सकरात्मक भएकाले उनीहरु एमालेमै रहने भएका हुन् ।

सोमबारको छलफल सकरात्मक रहेको सो छलफलमा सहभागी स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिए । उनले भने, ‘आजको छलफल सकरात्मक भएको छ । समग्र एकताको कुरा भएको छ । भोलिको बैठकमा हामी सबै सहभागी हुन्छौं । र सोही बैठकमा बाँकी कुरामा छलफल गर्दै अगाडि बढ्छौं ।’

सोमबार ओलीसँग छलफलका लागि उपाध्यक्षहरु भीम रावल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली, उपमहासचिब घनश्याम भुसाल, सचिवहरु गोकर्ण विष्ट, भीम आचार्य, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे बालकोट पुगेका थिए ।

हेरौँ भिडियो

यसअघि माधवकुमार नेपाल निकट रहेका उनीहरु पार्टी विभाजनमा भने थतस्ट बसेका थिए । मंगलबार नेता नेपालको नेतृत्वमा नयाँ पार्टी नेकपा (समाजवादी) दर्ताका लागि निर्वाचन आयोगमा सनाखत हुँदैछ । त्यसअघि नै यसअघि नै कार्यदलमा भएको १० बुँदे सहमति कार्यान्वयन हुनुपर्ने भन्दै तेस्रो धारका नेताहरुले अध्यक्ष ओलीलाई अल्टिमेटम दिएका थिए । सोही अनुसार सोमबार भएको छलफल सकरात्मक भएपछि उनीहरु अब एमालेमै रहने भएका हुन् ।

तेस्रो धारका नेताहरुसँग सहमति जुटेपछि अध्यक्ष ओलीले मंगलबारका लागि स्थायी कमिटी बैठक बोलाएका छन् । तेस्रो धारका नेताहरु मंगलबार स्थायी कमिटीको बैठकमा सहभागी हुनेछन् ।

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार  २ : ५४ बजे

गोरखा भूकम्पको ९ वर्ष : बारपाककाे फेरियो स्वरूप (तस्बिरहरु)

गोरखा– २०७२ साल बैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर

चीनमा ठूलो बाढी, एक लाख मानिसलाई स्थानान्तरण

बेइजिङ– दक्षिण चीनमा भारी वर्षा र बाढीका कारण एक लाखभन्दा

जङ्गलको डढेलो बस्तीमा पस्दा पाँच घर नष्ट

सोलुखुम्बु– सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ देउपुजेको जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिँदा

स्वास्थ्य क्षेत्रका चुनौती सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वास्थ्य क्षेत्रमा नयाँनयाँ चुनौतीहरू

झापाको झिलझिलेमा सवारी दुर्घटना, तीनजनाको मृत्यु

झापा– झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान भएको सडक दुर्घटनामा तीन