लुम्बिनी प्रदेश सभाको बैठक एमाले सांसदहरुको नारावाजी | Khabarhub Khabarhub

लुम्बिनी प्रदेश सभाको बैठक एमाले सांसदहरुको नारावाजी


७ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका सांसदहरुले सोमबारको लुम्बिनी प्रदेशसभाको बैठक चल्न दिएनन् ।

सभामुख पूर्ण बहादुर घर्तीले बैठक शुरु गर्नासाथ एमालेका सांसहरुले उठेर नाराजवाजी गरेका छन् । सभामुख घर्तीले आफूलाई बोल्न दिन एमालेका सांसहरुसँग आग्रह गरे पनि उनीहरुले सभामुखको कुरा सुनेनन्।

एमाले सांसदहरुले एमालेले कारबाही गरेका दुईजना प्रदेशसभा सांसदहरु अजय शाही र विमला वलीलाई कारबाही गर्नुपर्ने भन्दै नारावाजीसमेत गरेका छन् ।

एमाले सांसदहरुले सभामुख घर्तीले पदीय मर्यादासमेत कायम नगरेको आरोप लगाएका छन् । एमालेले दुईजना सांसदलाई कारबाही नभएसम्म बैठक चल्न नदिने बताएका छन् ।

अजय शाही सूर्य चुनाव चिन्हबाट विजयी भए पनि उनी हृदेश त्रिपाठीसँगै स्वतन्त्र सांसद हुन् भने वली नेकपाकालिन समयमा सूर्य चुनाव चिन्हबाट विजयी भएकी थिइन् । वलीले माओवादी केन्द्र रोजेकी छन् भने शाही अहिले माओवादी नेतृत्वको सरकारमा मन्त्रीसमेत छ ।

एमालेले आफ्ना पार्टीका दुईजना सांसदले दलीय ह्वीप उल्लंघन गरेको भन्दै पदमुक्त गर्ने निर्णय गर्दै प्रदेश सभामा जानकारी गराएको थियो तर सभामुख घर्तीले उनीहरुलाई कारबाही गर्न नसक्ने जनाएका छन् ।

एमाले सांसदहरुले नारावाजी गरिरँदा माओवादी केन्द्रका सांसद बसन्त मगरले सभामुखसँग समय मागेर बोल्दै वली आफ्नो दलको सांसद भएको भन्दै अन्य दलको सांसदलाई अन्य दलले कारबाही गर्न नमिल्ने बताए । उनी बोल्दैगर्दा एमाले सांसदहरुले झन उत्तेजित भएर नारावाजी गरेका थिए ।

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार  २ : ३५ बजे

आइपिएलमा आज लखनउ र चेन्नई खेल्दै

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै

हर्नियाको जोखिममा पुरुष : समयमा उपचार नगरे ज्यानै जाने खतरा

काठमाडौं – हर्निया शरीरको कुनै अङ्गको अतिरिक्त विकास भएर उत्पन्न

इन्डोनेसियामा भयानक ज्वालामुखी बिष्फोट, ११ हजार बढीलाई अन्यत्र सारियो

जाकार्ता– इन्डोनेसियामा निरन्तर भयानक ज्वालामुखी विस्फोट भए पछि ११ हजारभन्दा

इलामको उपचुनाव : पहिचानवादीको अग्निपरीक्षा

सुनसरी- इलाम क्षेत्र नम्बर–२ को सन्दर्भमा सामाजिक सञ्जालमा खुब बहस

संरक्षणको प्रतीक्षामा निशानदेवी मन्दिर

धरान– धरान उपमहानगरपालिका वडा नं ५ निशान डाँडामा रहेको निशानदेवीको