काबुलबाट व्यावसायिक उडानबाट उद्धार अभियान अघि बढाउने अमेरिकी घोषणा | Khabarhub Khabarhub

काबुलबाट व्यावसायिक उडानबाट उद्धार अभियान अघि बढाउने अमेरिकी घोषणा


७ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफगानिस्तानमा जारी उद्धार अभियानमा अब व्यावसायिक उडान गरिने अमेरिकाले घोषणा गरेको छ ।

उद्धार अभियानलाई थप तीव्र पार्नका लागि व्यावसायिक जहाजहरु पनि प्रयोग गरिने अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको छ ।

रक्षा मन्त्रालयका अनुसार १८ विमानलाई व्यावसायिक उडानका लागि स्वीकृति प्रदान गरिएको छ । युनाइटेड एअरलायन्सका चार, अमेरिकन एअरलायन्स, एटलस एअर, डेल्टा एअरलायन्स र ओम्नी एअरका तीन–तीन तथा हवाइयन एअरलायन्सका दुई विमानले अब उद्धारमा व्यावसायिक उडान गर्नेछन् ।

अफगानिस्तानमा अगस्ट १५ मा तालिबानले सत्ता कब्जा गरेपछि धमाधम विदेशीको उद्धार भइरहेको छ । कयौँ उद्धारको पर्खाइमा छन् ।  हजारौँ अफगानीहरु देश छोड्न चाहिरहदा उनीहरुले काबुल छाड्न पाएका छैनन् ।

काबुल विमानस्थल बाहिर हजारौँ मानिस भिडभाड गरिरहेका छन् । अहिलेसम्म भागदौड तथा गोली लागेर कम्तीमा २० जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार  ९ : १० बजे

उपनिर्वाचनको मौन अवधि आज रातिदेखि

काठमाडौं– यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन

इलाम पुगेर ओलीले भने : सधैँभरी गठबन्धन गरेर देश बन्दैन

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले देश बनाउने

रुसका उपरक्षामन्त्री घुस लिएको आरोपमा पक्राउ

काठमाडौं– रुसी अदालतले बुधबार रक्षा मन्त्री सर्गेई शोइगुका एक सहायकलाई

वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी, दुई जना पक्राउ 

काठमाडौं– वैदेशिक रोजगारका लागि विदेश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा

यु-२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा सहभागी हुने खेलाडीको बिदाई

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले काजकिस्तानको अस्तानामा हुने