भोलिदेखि मध्यम तथा लामो दूरीका सार्वजनिक यातायात सञ्चालन हुने | Khabarhub Khabarhub

भोलिदेखि मध्यम तथा लामो दूरीका सार्वजनिक यातायात सञ्चालन हुने


८ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना महामारीका कारण लामो समयदेखि बन्द मध्यम तथा लामो दूरीका सार्वजनिक सवारीसाधन सञ्चालन हुने भएका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले जारी निषेधाज्ञालाई थप खुकुलो बनाउँदै भोलिदेखि लागू हुने गरी मध्यम तथा लामो दूरीको सार्वजनिक यातायात खुलाउने निर्णय गरेको हो ।

शुक्रबार विज्ञप्ति जारी गर्दै उपत्यकाका सम्पूर्ण यातायात व्यवसायीलाई नेपाल सरकारकाले तोकेको जनस्वास्थ्यका मापदण्ड पालना गरी मध्यम तथा लामो दूरीका सवारी साधन सञ्चालनका लागि खुला गरिएको जानकारी दिएको हो । योसँगै काठमाडौँ उपत्यकाबाट मुलुकका विभिन्न जिल्लाका लागि सञ्चालन हुने यातायात खुल्ने भएको छ ।

मन्त्रिपरिषद्को साउन ४ गतेको निर्णय अनुसार त्रिभूवन विश्वविद्यालय, लोक सेवा आयोगलगायत विभिन्न निकायहरुहबाट परीक्षाका कार्यक्रम सार्वजनिक भएकाले विद्यार्थी तथा सर्वसाधरणलाई आवतजावत गर्न सहज बनाउन आग्रह गरिएअनुसार लामो दूरीको सवारी खुला गर्ने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।

सर्वसाधरणलाई अनिवार्य टिकट काटेर मात्र यात्रा गर्न र स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न प्रशासनले आग्रह गरेको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  ३ : ३८ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द