कुवेतमा तीन नेपालीको मृत्यु | Khabarhub Khabarhub

कुवेतमा तीन नेपालीको मृत्यु


८ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- वैदेशिक रोजगारीको सिलसिलामा कुवेत पुगेका तीन नेपाली श्रमिकको मृत्यु भएको छ ।

यसरी मृत्यु हुनेहरुमा लमजुङका अमिर तामाङ, धनकुटाकी सुमित्रा तामाङ र सिराहाका राजिउल्लाह मोहम्मद छन् । लमजुङका २५ वर्षीय तामाङको आफ्नो कोठामा सुतेकै अवस्थामा मृत्यु भएको हो ।

कुवेतस्थित नेपाली दूतावास स्रोतका अनुसार मृतक तामाङ गत वर्षको नोभेम्बरमै घर फर्किनको लागि कम्पनीबाट पासपोर्ट लिएर हिँडेको र गैरकानुनी रुपले कुवेतमै बस्दै आएका थिए । मृतक तामाङ ५ वर्ष अघि रोजगारीका कुवेत पुगेका थिए ।

यस्तै, धनकुटाकी सुमित्रा तामाङले आफू बस्ने कोठामा रहेको पंखाको सिलिङमा झुण्डिएर आत्महत्या गरेकी हुन्। घरेलु महिलाको रुपमा कार्यरत तामाङले कुवेतको साल्मियामा रहेको घरमालिकको अपार्टमेन्टमा आत्महत्या गरेको कुवेत प्रहरीले जनाएको छ ।

उनी गैरकानुनीबाट हुँदै त्यहाँ पुगेर लेवनानी नागरिकको घरमा कार्यरत थिइन् । उनी कहिले कुवेत पुगेकी थिइन् र के कति कारणले आत्महत्याको बाटो रोजिन केही खुलेको छैन।

नेपाली दूतावासले भने गैरकानुनी हुँदै कुवेत आएकाले पूर्ण विवरण प्राप्त गर्न नसकेको जनाएको छ । यसैगरी सिराहाका राजिउल्लाह मोहम्मदको पनि सवारी दुर्घटनामा मृत्यु भएको छ ।

कुवेतको हार्दिस पिज्जा कम्पनीमा डेलिभरी ब्याईको काम गरिरहेका उनको सवारी दुर्घटनामा मृत्यु भएको हो।

उनीहरु कार्यरत कम्पनी तथा स्पोन्सरसँग समन्वय गरेर आवश्यक प्रक्रिया पूरा गरी मृतक तीन जनाकै शव स्वदेश पठाउने कार्य अघि बढाइएको दूतावासले जनाएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  ११ : ४५ बजे

जङ्गलको डढेलो बस्तीमा पस्दा पाँच घर नष्ट

सोलुखुम्बु– सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ देउपुजेको जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिँदा

स्वास्थ्य क्षेत्रका चुनौती सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वास्थ्य क्षेत्रमा नयाँनयाँ चुनौतीहरू

झापाको झिलझिलेमा सवारी दुर्घटना, तीनजनाको मृत्यु

झापा– झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान भएको सडक दुर्घटनामा तीन

अपहरणमा परेका एकजनाको सकुशल उद्धार, पाँच अपहरणकारी पक्राउ

जनकपुरधाम– धनुषाको ढल्केबरबाट अपहरणमा परेका एकजनाको प्रहरीले सकुशल उद्धार गरेको

पिसाब पोल्ने समस्या छ ? यी उपाय अपनाउनुस्

काठमाडौं– सामान्यतया कम पानी पिउने मानिसमा पिसाब पोल्ने समस्या बढी