आरोपितलाई छुटाउन मन्त्रीको दौडधूप दलित समुदायकै घाउमा 'नुनचुक दल्नु' सरह : डा. भट्टराई | Khabarhub Khabarhub

आरोपितलाई छुटाउन मन्त्रीको दौडधूप दलित समुदायकै घाउमा ‘नुनचुक दल्नु’ सरह : डा. भट्टराई


९ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले जातीय भेदभाव तथा छुवाछुत मुद्दाजस्तो सरकारवादी मुद्दामा वहालवाला मन्त्रीले आरोपितलाई छुटाउन दौडधूप गर्नु विधिको शासनको ठाडो उपहास भएको बताएका छन् ।

उनले बुधवार साँझ ट्वीट गर्दै बहालवाला मन्त्री कृष्णगोपाल श्रेष्ठले विधिको शासनको ठाडो उपहास गरेको बताएका हुन् ।

रुपा सुनारले जातका कारण आफूलाई कोठा नदिएको भन्दै बबरमहलकी घरबेटी सरस्वती प्रधान विरुद्ध जाहेरी दिएपछि प्रहरीले हिरासतमा लिएर अनुसन्धान गरिरहेको थियो ।

बुधवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले हिरासतबाट प्रधानलाई आफ्नै गाडीमा हालेर निकालेका थिए । यसको चौतर्फी आलोचना भएको छ ।

डा. भट्टराईले मन्त्रीको सो कदमले उत्पीडित दलित समुदायको घाउमा राज्यकै तर्फबाट थप नुनचुक दलिएको पनि बताएका छन् । उनले जो रक्षक उही भक्षक भएको भन्दै वृहद प्रतिरोधको आह्वान समेत गरेका छन् ।

उनले ट्वीटरमा यस्तो लेखेका छन्-

जातीय भेदभाव तथा छुवाछुत मुद्दाजस्तो सरकारवादी मुद्दामा वहालवाला मन्त्रीले आरोपितलाई छुटाउन दौडधूप गर्नु विधिको शासनको ठाडो उपहास त हो नै साथै समाजका सबभन्दा उत्पीडित दलित समुदायको घाउमा राज्यकै तर्फबाट थप नुनचुक दल्नु पनि हो।जो रक्षक उही भक्षक भए पछि के गर्ने ?वृहद प्रतिरोध गरौं!

 

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  १० : ५७ बजे

‘मनसरा’ नौलो अभ्यास : फिल्म प्रचार गर्न कविता कन्सर्ट

काठमाडौं– ‘मनसरा’ टिमले कविता कन्सर्टमार्फत चलचित्रको प्रचार गर्दै आएको छ

ललितपुरमा एन्फा अन्तरकलेज फुटसल हुने

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने बैशाख

तातो हावाले नेपालगञ्जको जनजीवन प्रभावित

खजुरा– चर्को गर्मी र तातो हावा ‘लु’ का कारण बाँके

जलवायु परिवर्तनले फैलिँदै मलेरिया

लागोस– गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि

टोकियोका दर्शकले पलसँगै बसेर ‘पुजार सार्की’ हर्ने पाउने !

काठमाडौं– चलचित्र ‘पुजार सार्की’ जापानभर प्रदर्शनमा आउने भएको छ ।