'प्रतिगमनविरुद्ध' थप सशक्त भएर अघि बढ्ने विपक्षी पाँच दलको निष्कर्ष | Khabarhub Khabarhub

‘प्रतिगमनविरुद्ध’ थप सशक्त भएर अघि बढ्ने विपक्षी पाँच दलको निष्कर्ष


९ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको विपक्षी पाँच दलको बैठकले गठबन्धनलाई दरो बनाएर लैजाने तथा ‘प्रतिगमन’विरुद्ध थप सशक्त भएर उत्रिने निष्कर्ष निकालेको छ ।

बैठकले सरकारका ‘असंवैधानिक कदम’विरुद्ध थप सशक्त भएर उत्रिने निष्कर्ष निकालेको बैठकमा सहभागी जसपा अध्यक्ष उपेन्द्र यादवले जानकारी दिएका हुन् ।

उनले भने,‘बैठकमा गठबन्धनलाई दरो बनाएर लैजाने र प्रतिगमनविरुद्ध खरो उत्रिने निर्णय भएको छ ।’

बैठकमा सहभागी एमालेबाट निष्कासित नेता माधवकुमार नेपालले गठबन्धनलाई थप मजबुत बनाएर लैजानुपर्ने बताएको अध्यक्ष यादवले जानकारी दिए ।

नेता नेपालको भनाइ उद्धृत गर्दै अध्यक्ष यादवले भने,‘माधवकुमार नेपालले समेत सहकार्य जारी रहने र अब केपी ओलीसँग कुनैपनि अबस्थामा सहकार्य नहुने बताउनुभयो ।’

बैठकमा मंगलबार सर्वोच्च अदालतले गरेको मन्त्रिपरिषद् पुनर्गठन बदर, प्रतिनिधि सभा विघटनबारे सर्वोच्च अदालतको संवैधानिक इजलासमा भइरहेको बहस लगायत पछिल्ला विकसित राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको थियो ।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रमाचन्द्र पौडेल सहभागी थिए । त्यस्तै माओवादी केन्द्रकातर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगै नेता देव गुरुङ, जनता समाजवादी पार्टीको तर्फबाट अध्यक्ष यादव, संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराई र नेता राजेन्द्र श्रेष्ठ सहभागी थिए ।

 यसैगरी नेकपा एमालेबाट निष्कासित नेता नेपाल सँगै नेता भीम रावल समेत बैठकमा सहभागी थिए ।

संविधानको धारा ७६ (५) बमोजिमको प्रधानमन्त्रीका लागि आह्वान भएपछि एमालेका २६, जसपाका १२, माओवादी र कांग्रेसका गरी जम्मा १४९ जना सांसदको हस्ताक्षरसहित शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा दाबी पेश गरेको प्रस्ताव राष्ट्रपतिले जेठ ७ गते अस्वीकार गर्नुका साथै सोही मध्यरातमा प्रतिनिधिसभा विघटन गरेपछि यी पाँच दलले गठबन्धन बनाएर सरकारका ‘असंवैधानिक कदम’को विरोध गर्दै आएका छन् ।

गठबन्धनका तर्फबाट मंगलबारमात्रै पाँच दलका शीर्ष नेताहरुले संयुक्त वक्तव्य जारी गर्दै सरकारले स्वतन्त्र न्यायपालिकालाई धम्क्याउने, निर्वाचन आयोगलाई नियन्त्रणमा लिने, जताततै हस्तक्षेप गर्ने, दवाव र धम्की दिने तथा संकीर्ण स्वार्थका लागि जस्तोसुकै काम पनि गर्ने बाटो अंगीकार गरेका कारण राष्ट्र गम्भीर संकटतर्फ धकेलिएको निष्कर्ष निकालेका थिए ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  ८ : ०४ बजे

वाणिज्य बैंकहरूको नाफा घट्यो, नेपाल बैंकको ९२.६७ प्रतिशतले गिरावट

काठमाडौं– चालु आर्थिक वर्ष (आव)को तेस्रो त्रैमासिक अवधिमा बैंकहरूको नाफामा

युएईविरुद्ध नेपालको खराब सुरुवात, दुवै ओपनर आउट

काठमाडौं–  नेपालले युएईविरुद्धको खेलमा खराब सुरुवात गरेको छ । एसीसी

युएईविरुद्ध नेपालको खराब सुरुवात, पहिलो बलमा कुशल भुर्तेल आउट

काठमाडौं– नेपालले युएईविरुद्धको खेलमा पहिलो बलमा नै विकेट गुमाएको छ

युएईले टस जित्यो, नेपालले पहिला ब्याटिङ गर्ने

काठमाडौं– आज एसीसी प्रिमियर कपको सेमिफाइनलका दुवै खेल हुँदै छन्

एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका