इन्दिरा गान्धीको बायोपिकमा कंगना, सुरु गरिन् तयारी | Khabarhub Khabarhub

इन्दिरा गान्धीको बायोपिकमा कंगना, सुरु गरिन् तयारी


९ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमर उजाला)– बलिउड अभिनेत्री कंगना रनावत पछिल्लो दशकमा महिला प्रधान फिल्ममा निरन्तर काम गरिरहेकी छन् । उनले अभिनय गरेका यी फिल्ममा दर्शकको चासो पनि उत्तिकै छ ।

तमिलनाडुकी पूर्व दिवंगत मुख्यमन्त्री जयललितामा आधारित फिल्म ‘थलाइवी’मा कंगनाले प्रमुख भूमिका निभाएकी छन् । फिल्मको ट्रेलर यसअघि नै सार्वजनिक भइसकेको छ । फिल्म यसै अप्रिलमा रिलिज हुनुपर्ने भए पनि लकडाउनका कारण रिलिज हुन पाएन ।

यिनै कंगना जयललिता पछि भारतकी पहिलो महिला प्रधानमन्त्री इन्दिरा गान्धी बन्ने तयारीमा जुटेकी छन् । कंगनाले हालैमात्र आफ्नो इन्स्टाग्राम एकाउण्टमा तयारीको केही तस्वीर शेयर गरेकी छन् । जहाँ उनको मेकअप हुँदै गरेको देख्न सकिन्छ ।

तस्वीरमा एक मेकअप आर्टिष्ट कंगनाको अनुहारमा निलो रंगको पेन्ट गरिरहेका छन् । यो तस्वीर हेरेर पनि कंगनाको इन्दिरा गान्धीको भूमिका कस्तो हुनेछ भनेर अड्कलबाजी गर्न थालेका छन् ।

‘हरेक भूमिका एक नयाँ यात्राको सुन्दर सुरुवात हो । आज हामीले इमरजेन्सी इन्दिराको सुरुवात गरेका छौं । मेकअप आर्टिष्ट काममा लागेका छन् । जसले मेरो अनुहार, शरीर र लुकलाई सही तरिकाले तयार पार्न सकुन् । यो एक विशेष फिल्म हुँदैछ’, कंगनाले तस्वीरमा लेखेकी छन् ।

फिल्ममा संकटकालको कथा देखाइनेछ । दर्शकले संकटकालसँग जोडिएका केही नयाँ कुरा हेर्न पाउनेमा आशा व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  ७ : ०१ बजे

यी प्रदेशमा हुनेछ हावाहुरीसहितको वर्षा

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल

कतारका अमिरको नेपाल भ्रमण : आज दुई देशका प्रतिनिधिमण्डलको भेटवार्ता

काठमाडौं – नेपालको दुई दिने राजकीय भ्रमणका लागि मंगलबार काठमाडौं

स्टोनिसको शतकमा चेन्नईविरुद्ध लखनउको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बुधबारको विदेशी मुद्राको विनिमय दर कति

काठमाडौं – आज २०८१ साल वैशाख १२ गते बुधबार सन्

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १२ गते बुधबार तदनुसार