विपद् व्यवस्थापनमा उच्च सतर्कताका साथ काम गर्नुस् : महानिरीक्षक क्षेत्री | Khabarhub Khabarhub

विपद् व्यवस्थापनमा उच्च सतर्कताका साथ काम गर्नुस् : महानिरीक्षक क्षेत्री


९ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठकाडौँ– प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी अधिकृतहरूले कोभिड-१९ को संक्रमण नियन्त्रण तथा रोकथाम, निषेधाज्ञा कार्यान्वयनको साथै आ-आफ्नो क्षेत्रमा आइपर्ने सम्भावित बाढी, पहिरो, डुबान जस्ता विपद् व्यवस्थापनमा सक्रिय भई उच्च सतर्कताका साथ कार्यसम्पादन गर्नुपर्ने निर्देशन दिएका छन् ।

हालै सरुवा भई आ-आफ्नो कार्यक्षेत्रमा जान लागेका प्रहरी नायव महानिरीक्षकहरू र प्रहरी वरिष्ठ उपरीक्षकहरुलाई प्रहरी प्रधान कार्यालयमा बुधबार सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले सो कुरा बताएका हुन् । जनशक्ति तथा साधन श्रोतको उचित व्यवस्थापन गरी प्रकोप व्यवस्थापनमा ध्यान दिन उनले आग्रह गरे ।

आफू मातहत प्रहरी कर्मचारीहरूको मनोवल उच्च बनाउन, उनीहरूको गुनासो सुनुवाइको व्यवस्थापन, अनुगमन तथा निरीक्षणमा विशेष भूमिका निर्वाह गर्न उपस्थित प्रहरी अधिकृतहरूलाई उनले निर्देशन दिए ।
प्रहरी महानिरीक्षक थापा क्षेत्रीले हिंसात्मक गतिविधि, जघन्य अपराध, साइबर क्राइम, कालोबजारी, तस्करी जस्ता आपराधिक गतिविधिप्रति संवेदनशील हुनुपर्ने उल्लेख गर्दै सरुवा भई जान लागेको कार्यालयको विशिष्टता अनुरुप प्राप्त नयाँ जिम्मेवारीलाई पदीय दायित्व अनुसार भूमिका निर्वाह गर्नुपर्ने बताए ।

साथै घोषित निर्वाचनको पूर्व तयारीका लागि अन्य सुरक्षा निकाय तथा सरोकारवाला निकायहरूसँग आवश्यक समन्वय तथा सहकार्य गर्नुपर्नेमा समेत उनले जोड दिए ।

कार्यक्रममा प्रहरी प्रधान कार्यालय मानव श्रोत एवं प्रशासन विभागका प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाहीले आर्थिक अनुशासन प्रति संवेदनशील हुनुपर्ने बताए । आ-आफ्नो क्षेत्रमा निर्माण हुने भौतिक संरचनाहरूको गुणस्तरमा विशेष ध्यान दिनुपर्ने उनले बताए । उक्त अवसरमा हालै सरुवा भएका प्रहरी नायव महानिरीक्षकहरु तथा वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  ६ : ३२ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०