खेलकुदको विकासका लागि पूर्वाधार पहिलो शर्त : उपराष्ट्रपति पुन | Khabarhub Khabarhub

खेलकुदको विकासका लागि पूर्वाधार पहिलो शर्त : उपराष्ट्रपति पुन


९ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उराष्ट्रपति नन्दबहादुर पुनले खेलकुदको विकासका लागि पूर्वाधार पहिलो शर्त भएको बताएका छन् ।

बुधबार ओलम्पिक दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा सम्बोधन गर्दै उराष्ट्रपति नन्दबहादुर पुनले पूर्वाधारको विकासविना खेल क्षेत्रको विकास नहुने बताएका हुन् ।

कमजोर पूर्वाधारले खेलकुदको विकास हुन नसक्ने तर्क गरे । खेलाडीलाई जीवन निर्वाह गर्न पुग्ने गरी व्यवस्थापन गर्न नसके खेल क्षेत्रको विकास सम्भव नरहेको बताउँदै उपराष्ट्रपति पुनले सम्बन्धीत निकायले यसतर्फ पनि ध्यान दिन आग्रह गरे ।

उनले भौतिक वूर्वाधार सहित नियमित अभ्यास गर्न मिल्ने भौतिक संरचना भए अन्र्तराष्ट्रिय क्षेत्रमा खेलाडीले देशको नाम चम्काउन सक्ने बताए । उनले कोरोना महामारिको समयमा समेत खेल क्षेत्रले अतुलनीय प्रगति गरेको भन्दै प्रशंशा समेत गरे ।

उनले खेल क्षेत्र पनि कोरोना महामारिबाट अछुतो नरहेकाले यसबाट बच्न र बचाउन कोरोना विरुद्धका नियमहरु पालना गर्नु आवश्यक रहेको बताए ।

कार्यक्रममा नेपाल ओलम्पितक कमिटीका अध्यक्ष जीवन राम श्रेष्ठले खेलकुद क्षेत्रले विश्वमा तीन पीलरको काममा गरिरको बताए । उहाले मुभ, लर्न र डिस्कभरी गरी तीन आधारमा ओलम्पिक गतिविधि भइरहेको जानकारी दिए ।

श्रेष्ठले खेल अनुशासनका लागि आग्रह गर्दै यस क्षेत्रलाई मर्‍यादित बनाउनु आजको आवश्यकता रहेको बताए ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  ९ : ४५ बजे

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न

लगानी सम्मेलन : केही अनुत्तरित प्रश्न

सरकारले ०८१ वैशाख १६ र १७ गते २ दिन अन्तरराष्ट्रिय

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

कञ्चनपुर– कञ्चनपुरकी कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक

१६ औं योजना : महिला तथा बालबालिका कति प्राथमिकतामा ?

काठमाडौं – राष्ट्रिय योजना आयोग १६औं आवधिक योजना सार्वजनिक गर्ने

शनिबारदेखि कीर्तिपुरमा नेपाल र वेस्ट इन्डिजको सिरिज

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित