एपीएफ कमाण्ड तथा स्टाफ कोर्ष तालिम सञ्चालन | Khabarhub Khabarhub

एपीएफ कमाण्ड तथा स्टाफ कोर्ष तालिम सञ्चालन


९ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले एपीएफ कमाण्ड तथा स्टाफ कलेजमा संचालन हुने छैठौं एपीएफ कमाण्ड तथा स्टाफ कोर्ष तालिमको बुधबार उद्घाटन गरेका छन् ।

सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हल्चोकमा भएको एक कार्यक्रममा महानिरीक्षक खनालले सो कार्यक्रमको उद्घाटन गरेका हुन् । सो अवसरमा महानिरीक्षक खनालले संगठनमा आवद्ध अधिकृतको नेतृत्व क्षमता र दक्षता विकासमा यसले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

महानिरीक्षक खनालले उक्त कोर्ष स्तरीय रुपमा निरन्तर संचालन गर्नका लागि विशिष्ट सहयोग पुर्‍याएको त्रिभुवन विश्वविद्यालय लगायत विभिन्न निकायबाट प्राप्त सल्लाह, सुझाव र सहयोगप्रति आभार प्रकट गरे । समारोहमा त्रिभुवन विश्वविद्यालय मानवीकी तथा सामाजिक शास्त्र संकायका डिन प्रोफेसर डा. कुशुम शाक्यले अन्तर्राष्ट्रिय स्तरको एपीएफ कमाण्ड तथा स्टाफ कोर्ष संचालनमा सशस्त्र प्रहरी बलसँग सहकार्य गर्न पाउँदा खुशी व्यक्त गरिन् ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षा चुनौती तथा सुरक्षा रणनीति, द्वन्द्व व्यवस्थापन, संयुक्त राष्ट्रसंघीय पद्धती, नेतृत्व र विकास, चुस्त तथा व्यवस्थित रुपमा फौजको परिचालन, सीमा भन्सार तथा औद्योगिक सुरक्षा, विशिष्ट व्यक्ति तथा महत्वपूर्ण प्रतिष्ठानको सुरक्षा, विपद् व्यवस्थापन लगायत सुरक्षा, विकास र शान्ति लगायतका विविध विषयहरु एपीएफ कमाण्ड तथा स्टाफ कोर्षमा समेटिएको कुरा सो समारोहमा जानकारी गराइएको थियो ।

एक वर्ष ६ महिना अवधिको उक्त कोर्षमा कायम मुकायम सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दुई जना र सशस्त्र प्रहरी नायव उपरीक्षक आठ जना गरी १० जना अधिकृतहरुको सहभागीता रहेको छ ।

समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा सहप्राध्यापक, एपीएफ कमाण्ड तथा स्टाफ, कलेजका शैक्षिक कार्यक्रम संयोजक लगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  ५ : ३० बजे

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका

अस्पताल परिसरमा इजरायली कारबाही जारी, एक हप्तामा २०० व्यक्तिको मृत्यु

तेल अभिभ – हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा

दाङमा अटो रिक्सा दुर्घटना, तीन जना घाइते

दाङ – दाङको लमीमा अटो रिक्सा दुर्घटना हुँदा तीन जना