चितवनमा असार १७ सम्म निषेधाज्ञा थप, निजी सवारीमा जोरबिजोर प्रणाली | Khabarhub Khabarhub

चितवनमा असार १७ सम्म निषेधाज्ञा थप, निजी सवारीमा जोरबिजोर प्रणाली


९ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनमा खुकुलो बनाएर असार १७ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । जिल्ला प्रशासन कार्यालयले बुधबार सूचना जारी गर्दै निजी सवारी साधन जोर बिजोर प्रणालीमा चल्ने र पसलहरु सातामा तीन दिन खुल्न पाउने गरी निषेधाज्ञा थप गरिएको जनाएको छ ।

शुक्रबारदेखि गतेअनुसार निजी सवारी साधन जोर बिजोर प्रणालीमा सवारी साधन चल्न पाउनेछन् । यसैगरी भाँडा, कपडा, फेन्सी, कस्मेटिक तथा गिफ्ट, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सुनचाँदी, फर्निचर, अटोमोबाइल, मोटरपार्टस्, जुत्ता चप्पल, टेलरिङ र प्रेस पसलहरु हप्ताको आइतबार, मंगलबार र बिहीबार दिउँसो १२ बजेदेखि ४ बजेसम्म मात्रै सञ्चालन हुन पाउने प्रशासनले जनाएको छ ।

होटल रेष्टुरेन्ट तथा मिठाइ पसलले बेलुका ६ बजेसम्म मात्रै टेकअवे सेवा सञ्चालन गर्न पाउनेछन् ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  ९ : ३० बजे

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार सन्

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख १३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या