यसरी सुरु भयो फिल्ममा पहिलो यौन दृश्य | Khabarhub Khabarhub

यसरी सुरु भयो फिल्ममा पहिलो यौन दृश्य


९ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क(आजतक)– आधुनिक फिल्ममा यौन दृश्य सामान्य बनेको छ । आजकल विश्वका हरेक फिल्ममा कही न कही यौन दृश्य समेटिएको हुन्छ । तर सुरुवाती समयमा यस्ता दृश्यमा आपत्ति जनाइन्थ्यो ।

कुन फिल्मबाट यौन दृश्यको सुरुवात गरियो भन्ने आम चासो हुनसक्छ । ८८ वर्ष अघि आधुनिक फिल्मको इतिहासमा पहिलोपटक सन् १९३३ मा यौन दृश्य खिचिएको थियो । यो दृश्य फिल्म ‘एक्सटेसी’मा राखिएको थियो । फिल्मका निर्देशक चेज र निर्माता गुस्ताब माचेटी थिए ।

फिल्ममा अष्ट्रेलियन मूलकी हेडी लमारले ‘इवा’को भूमिका निभाएकी थिइन् । फिल्ममा इवा नवदुलही हुन्छिन् । जसको विवाह आफूभन्दा ठूलो उमेरको एक व्यक्तिसँग भएको हुन्छ । बिना प्रेमको यो विवाहमा इवा डिभोर्स चाहन्छिन् ।

फिल्मको दृश्य अनुसार इवा कन्ट्रीसाइड लेकमा कपडा एक छेउमा राखेर पौडिनका लागि तयार हुन्छिन् । पौडी खेलिरहँदा एक घोडाले उनको कपडा उठाएर त्यहाँबाट हिँड्छ । यो देखेकी इवा कपडा लिनका लागि घोडाको पछि पछि दौडन्छिन् ।

त्यही बेला एक युवकले त्यो घोडालाई समात्छन् र झाडीमा लुकेकी इवालाई कपडा दिन्छन् । दुवैजना कुराकानी गर्छन् र ती युवकले इवालाई प्रभावित पार्छन् । त्यही बेला पहिलो यौन दृश्य खिचिन्छ । फिल्ममा अर्को पनि करिब डेढ मिनेटको यौन दृश्य राखिएको छ ।

तत्कालिन समयमा यौन दृश्यलाई फिल्ममा समेटिएको थिएन । त्यहीकारण यो दृश्यलाई ‘स्क्याण्डल’ मानिएको थियो । मिडिल टिनेस स्टेट युनिभर्सिटीका फस्र्ट अमेण्डमेण्ट एनसाइक्लोपीडयिाका अनुसार ‘एक्सटेसी’ पहिलो फिल्म थियो, जसलाई अमेरिकी कस्टम सर्भिसले आफ्नो देशमा प्रतिबन्ध लगाएको थियो ।

फिल्मले सन् १९३६ मा री–एडिटेड भर्सनको अनुमति पायो । यद्यपि अमेरिकाका केही इलाकामा यसमाथि प्रतिबन्ध कायमै थियो । सन् १९४० मा मात्र फिल्मले अमेरिकामा वितरणका लागि आधिकारिक मान्यता पायो ।

यही फिल्ममा अभिनय गरेका कारण अभिनेत्री हेडीको करियरमा लामो समयसम्म असर परिरह्यो । सन् १९३८ मा उनीमाथि एक लेख लेखिएको थियो । जसको शीर्षक ‘फेम्ड थ्रु यूरोप एण्ड अमेरिका एज एक्सटेसी गर्ल’ थियो ।

यो लेखमा हेडीको एक भनाइ पनि छापिएको थियो । ‘यो फिल्म पछि मलाई मानिसहरुले यसरी हेर्थे कि मानौं चिडियाखानामा कुनै जनावर आएको छ’, उनले भनेकी थिइन् ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  ४ : १५ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन