वालिङ नगरपालिकाको वडा नं. १३ मा विद्यार्थीलाई इन्टरनेट जडान निःशुल्क | Khabarhub Khabarhub

वालिङ नगरपालिकाको वडा नं. १३ मा विद्यार्थीलाई इन्टरनेट जडान निःशुल्क


९ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्याङ्जाको वालिङ नगरपालिकाको वडा नम्बर १३ का विद्यार्थीका घरमा इन्टरनेट जडान निःशुल्क हुने भएको छ ।

वडाअध्यक्ष आनन्द पाठकका अनुसार वडा कार्यालयको पहलमा इन्टरनेट सेवा प्रदायक कम्पनीले वडाभित्रका निजी तथा सामुदायिक विद्यालयमा पढ्ने सबै विद्यार्थीका घरमा इन्टरनेट जडान निःशुल्क गर्न लागेको हुन् ।

कोरोना महामारीका कारण विद्यालयमा चाँडै भौतिकरूपमा कक्षा सञ्चालनमा हुने अवस्था नरहेको र इन्टरनेटमा विद्यार्थीको पहुँचमा नहुँदा वैकल्पिक माध्यमबाट पढाइ अघि बढाउन समस्या भएकाले इन्टरनेट जडान गर्ने निर्णय गरिएको पाठकले बताए । उनका अनुसार वडा शिक्षा समितिमा छलफल गरेर उक्त निर्णय गरिएको हो ।

उक्त वडामा पाँच वटा सामुदायिक र दुई वटा संस्थागत गरी सात वटा विद्यालय छन् । पाठकका अनुसार पाँच वटा सामुदायिक विद्यालयमध्ये दुई वटामा प्रारम्भिक बालविकास कक्षादेखि १२ कक्षासम्म पढाइ हुन्छ, तीन वटामा ८ कक्षासम्म हुन्छ ।

संस्थागत विद्यालयमा कक्षा १ देखि कक्षा १० सम्म पढाइ हुन्छ । वडा अध्यक्ष पाठकका अनुसार यी सात वटा विद्यालयमा करिब १५ सय विद्यार्थी छन् ।

इन्टरनेटको मासिक शुल्क अभिभावकहरूले तिर्नेछन् । असार २१ गते पढाइ शुरू हुने गरी जडान र तालिमको काम सकिने पाठकले बताए ।
सबै विद्यार्थीहरूको घरमा इन्टरनेट निःशुल्क जडान गर्न इन्टरनेट सेवा प्रदायक संस्थाले तयार भएपछि वडाले निर्णय गरेको हो । बुधबारदेखि सबै विद्यालयका शिक्षकाहरूलाई जूम र मेसेन्जर चलाउन तालिम दिने तयारी छ ।

वडा अध्यक्ष पाठकका अनुसार इन्टरनेट जोडेपछि छोराछोरीको पढाइ चल्ने भएकोले अभिभावकहरु खुसी भएका छन् । शुल्क तिर्न नसक्ने विपन्न अभिभावकलाई मापदण्डका आधारमा शुल्कमा अनुदान दिने पनि उनले बताए ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  २ : ४५ बजे

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५

कर्णालीमा चालु आवको हालसम्म २५ प्रतिशत मात्रै बजेट खर्च

काँक्रेविहार– प्रदेश संरचना बनेको सात वर्षमा कर्णाली प्रदेशमा पाँच वटा

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : ओली

काठमाडौं– नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नीति र

रक्सी र मासुमा भोट खेर नफालौँ : रवि लामिछाने 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इलाम २ को