‘बाजीगर’ सेटमा शाहरुख खान मातेपछि... | Khabarhub Khabarhub

‘बाजीगर’ सेटमा शाहरुख खान मातेपछि…


९ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– बलिउड अभिनेता शाहरुख खान र अभिनेत्री काजोल बलिउडमा सर्वाधिक रुचाइएका अनस्क्रिन जोडीमा पर्दछन् । दुवैले एकसाथ कैयौं आइकनिक फिल्म दिएका छन् । उनीहरु वास्तविक जीवनमा एउटा मिल्ने साथी पनि हुन् ।

यो जोडीको पहिलो भेट फिल्म ‘बाजीगर’को सेटमा भएको थियो । पहिलो भेटमै काजोललाई शाहरुखको व्यवहार मनपरेको थिएन । त्यही फिल्मको एक किस्सा उनले एक अन्तरवार्तामा सुनाएकी छन् ।

‘नयाँवर्षको पाटीपछि फिल्मको सुटिङ जनवरी १ बाटै राखिएको थियो । जब म फिल्म ‘बाजीगर’को सेटमा पुगें । त्यहाँ सबैले कालो चश्मा लगाएका थिए । शाहरुख खान पनि त्यहाँ उपस्थित थिए । शाहरुख निकै मातेको थियो । त्यहाँ उपस्थित सबैजना रातीको पाटीपछि आएका थिए । म त्यहाँ निकै कडा रुपमा बोलिरहेको थिएँ । मलाई गाली गर्ने हिम्मत कसैको थिएन । किनकी त्यहाँ हामीलाई एक दृश्य सुटिङ गर्नुपर्ने थियो’, काजलले सम्झिएकी छन् ।

फिल्ममा अभिनेता दिलीप ताहिलले काजोलको पिताको भूमिका निभाएका थिए । फिल्मको दृश्य अनुसार उनीहरु टेबल अगाडि बसेका थिए । दिलीप र काजोलको अनुहारमा केही तनाव देखिनुपर्ने थियो । काजाेलले शारुखलाई आफ्नो संवाद बोल्न सम्झाइन् ।

तर त्यसपछिको अवस्था केही फरक भयो । किनकी शाहरुखले कराउदै काजोललाई ‘चुप लाग्न’ भने । त्यसपछि काजोलले पनि शाहरुखप्रति रिस पोखिन् । यही घटनापछि उनीहरु एकापसमा मिल्ने साथी बने ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  १ : १० बजे

एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि

काठमाडौँ– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आज सुरु

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङको भिडन्त

काठमाडौं – एसीसी प्रिमियर कप अन्तर्गत शनिबार नेपालले तेस्रो स्थानको

बागमतीसहित पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आईपिएल : चेन्नईमाथि लखनउ आठ विकेटले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार सन्