अमेरिकामा मतदानमा सुधार गर्ने विधेयक रिपब्लिकनद्वारा असफल | Khabarhub Khabarhub

अमेरिकामा मतदानमा सुधार गर्ने विधेयक रिपब्लिकनद्वारा असफल


९ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकाको चुनावमा सुधार गर्नेसम्बन्धीको विधेयक माथिल्लो सदन सिनेटबाट अस्वीकृत भएको छ ।

राष्ट्रपति जो बाइडनले प्राथमिकासाथ उठाउँदै आएको चुनावमा सुधारको विषय समेटर बनाइएको विधेयकलाई अमेरिकी रिपब्लिकनहरूले विफल बनाइदिएका छन् ।

हुलाकबाट गरिने मतदानलाई सहज बनाउने उक्त विधेयक पक्ष र विपक्षमा समान ५०-५० मत खसेपछि विफल भएको हो ।

मत विभाजनतर्फ १०० सदस्य सिनेटमा अधिकांश कानूनका प्रस्ताव अघि बढ्न ६० मत आवश्यक पर्छ । तर माथिल्लो सदनमा दुई दलबीचको विभाजन ५०-५० रहँदा सहजै नयाँ बिधेयक पास हुने सम्भावना कम छ।

बाइडनले यसलाई ‘राष्ट्रपतीय कार्यकालको लडाइँ’ भएको बताएका छन् । डेमोक्र्याट्सहरूले बाइडेनलाई पर्याप्त मेहनत नगरिकन हतारमा विधेयक ल्याएको आरोप पनि लगाएका छन् ।

हाउस अफ रिप्रिजेन्टेटिभ भनिने अमेरिकी तल्लो सदनमा गएको मार्चमा डेमोक्र्याटहरूले ल्याएको ‘फर द पिपुल एक्ट’ लगभग दलीय आबद्धताका आधारमा सांसदहरू उभिए पनि पारित भएको थियो । त्यसबेला विधेयकको विपक्षमा उभिएका रिपब्लिकनहरूलाई एक जना डेमोक्र्याटले साथ दिएका थिए ।

नयाँ चुनावी विधेयकमा चुनावी अभियानमा दिइएका चन्दासहितका योगदानलाई थप पारदर्शी बनाउन र निर्वाचन क्षेत्रहरू निर्धारण गर्दा दलीय प्रभाव कम हुने सुनिश्चित गर्न खोजिएको जनाइएको छ ।

यसअतिरिक्त उक्त प्रस्तावित व्यवस्थाले अश्वेत मतदाताहरूको अधिकार पनि सुनिश्चित गर्ने दाबी गरिएको छ ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  ११ : ३० बजे

कतारी अमिरको भ्रमण : खाली गरियो काठमाडौंको सडक, निजी साधन चलाउन रोक

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी सवार जहाज

सांस्कृतिक र पर्यटन उपभोग प्रवर्द्धन गर्न चीनको पहल सुरु

चीन– चीनमा संस्कृति तथा पर्यटन मन्त्रालयले सांस्कृतिक तथा पर्यटन उपभोग

जब असईले चेकजाँच गरिरहेको बन्दुकबाट गोली चल्यो…

चेकजाँचका क्रममा बन्दुकबाट गोली चलेपछि बझाङमा कार्यरत एकजना असई निलम्बनमा

गेटा आँखा अस्पतालमा सत्र हजारको आँखाको शल्यक्रिया   

अत्तरिया– कैलालीको गोदावरी नगरपालिका–५ गेटास्थित गेटा आँखा अस्पतालले नौ महिनामा

मोदी बोले : कांग्रेसको शासनमा हनुमान चालिसा सुन्नु पनि अपराध हुन्थ्यो

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फेरि एक पटक हिन्दुत्वको कार्ड फ्याँकेर