यूएईमा कार्यरत नेपालीले उठाए ४७ लाख | Khabarhub Khabarhub

यूएईमा कार्यरत नेपालीले उठाए ४७ लाख


९ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– नेपालमा कोरोना बिरुद्धको लडाइँमा सहयोग गर्न यूएईमा कार्यरत नेपालीहरुले आफ्नो गाँस कटाएर ४७ लाख रुपैयाँ उठाएका छन् ।

नेपालमा दोस्रो लहर कोरोना नियन्त्रणका लागि सहयोग जुटाउन यूएईस्थित नेपाली दूतावास र विभिन्न संघसस्थाहरु मिलेर ‘मातृभूमि सहयोग अभियान’ संयुक्त राहत संकलन समिति संचालन गरी ४७ लाख रुपैयाँ उठाईएको यस अभियानका प्रबक्ता वेद प्रसाद अर्यालले खबरहबलाई जानकारी दिए ।

नेपालमा अक्सिजन नपाएर मृत्युदर बढेपछि युएईमा कार्यरत नेपाली श्रमिक तथा विभिन्न संघसंस्थाहरुले अक्सिजन तथा भ्याक्सिन पठाउने रकम संकलन अभियान सुरु गरेको भएपनि पछिल्लो समय नेपालमा अक्सिजन अभाव कम हुँदै गएपछि कोरोना सम्बन्धि अन्य स्वाथ्य सामग्री खरिद गरेर पठाइने प्रबक्ता अर्यालले बताए ।

कोरोना खोप खरिद गरेर पठाउने तयारी गरिएको भएपनि ‘जि टु जि’ प्रणालीबाट मात्र सम्भव हुने भन्दै तत्कालको आवश्यकतालाई मध्यनजर गर्दै पीसीआर कीट लगायत अन्य स्वाथ्य सामग्री खरिद गरेर आजनै पठाउने तयारी गरिएको भएपनि थप तयारी गर्नुपर्ने भएकाले आगामी जुन ३० तारिख अर्थात असार १६ गते पठाइने उनले बताए ।

नेपालमा अक्सिजन हाहाकार भएको बेला कतार, साउदी अरब, कुवेत, बहराइन, ओमान र यूएईमा काम गर्ने नेपाली श्रमिकहरुले आफ्नो गास कटाएर ७५ लाख बराबरको ५६० अक्सिजन सिलिण्डर खरिद गरेर मातृभूमिलाई सहयोग गरेका थिए ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  ११ : ४५ बजे

स्थानीयस्तरबाट खेलाडी तयार गर्न राज्यले विशेष ध्यान दिनु आवश्यक छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका माध्यमबाट देशलाई विश्वमाझ चिनाउन

देशैभर पुग्यो पाठ्यपुस्तक

भक्तपुर – जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले देशभर पाठ्यपुस्तक पुर्‍याएको

सुनिलको शानदार शतक, राजस्थानलाई विशाल लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले

मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत

जनकपुर। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत प्राप्त गरेका

बारुणयन्त्र चुस्तदुरुस्त राख्न निर्देशन

विराटनगर – आगलागीका घटनालाई तुरुन्त नियन्त्रणमा लिन विराटनगर महानगरपालिकाका तीनवटै