राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध विपक्षी गठबन्धन सोमबार अदालत जाने | Khabarhub Khabarhub

राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध विपक्षी गठबन्धन सोमबार अदालत जाने



काठमाडौँ– संसद विघटन गरेर चुनावमा जाने राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध विपक्षी पाँच दलका नेताहरु सोमबार सर्वोच्च अदालत जाने भएका छन् ।

आइतबार नै सर्वोच्च जाने तयार तयारी भएपछि आवश्यक प्रक्रिया र रिटको ड्राफ्टलाई अन्तिम रुप दिन समय लागेकाले सोमबार जाने भएका हुन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकतालगायत तयार गर्ने काम भएको र सशरीर उपस्थित भएर सोमबार १० बजे अदालत जाने जानकारी दिए ।

उनले संसद विघटनविरुद्ध १४९ भन्दाबढी सांसदको हस्ताक्षर संकलन भएको दावी समेत गरेका छन् ।

उनले भने,‘एक सय ४९ प्लस अरु केही साथीहरु पनि थपिनुभएको छ । रिटको तयारी भइरहेको छ । ड्राफ्ट चाँही टुंगिदैछ । बेलुकासम्म त्यो टुंगिन्छ । अनि भौतिक रुपमा बहुमत उपस्थित भएर हामी अदालतमा रिट दायर गर्न जाने अन्तिम तयारी भएको छ ।’ कागजपत्र, नागरिकता लगाएतका आवश्यक सबैको संकलनको काम सकिन लागेको उनले बताए ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले ड्राफ्टलाई अन्तिम रुप दिनका लागि समय लागेको जानकारी दिए । उनले भने,‘फाइनल गर्दा अलिकति ढिला भयो भनेर भोलि सर्वोच्च जाने भनेर सबै संकलन भइसकेको छ । १ सय ४९ जना सबैको भइसकेको छ ।’

त्यस्तै माओवादी केन्द्रका नेता वर्षमान पुनले समेत सबै कागजात संकलन भइसकेको र आज समय अभाव भएका कारणले भोलि बिहान १० बजे सर्वोच्चमा रिट लिएर जाने जानकारी दिए ।

राष्ट्रपति र प्रधानमन्त्रीको कदम असंवैधानिक भएको भन्दै यसका विरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने विपक्षी गठबन्धनको निर्णयबमोजिम सांसदहरुको हस्ताक्षर र नागरिकता संकलन गरिएको हो ।

प्रकाशित मिति : ९ जेठ २०७८, आइतबार  ३ : ५४ बजे

ललितपुरमा एन्फा अन्तरकलेज फुटसल हुने

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने बैशाख

तातो हावाले नेपालगञ्जको जनजीवन प्रभावित

खजुरा– चर्को गर्मी र तातो हावा ‘लु’ का कारण बाँके

जलवायु परिवर्तनले फैलिँदै मलेरिया

लागोस– गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि

टोकियोका दर्शकले पलसँगै बसेर ‘पुजार सार्की’ हर्ने पाउने !

काठमाडौं– चलचित्र ‘पुजार सार्की’ जापानभर प्रदर्शनमा आउने भएको छ ।

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

केन्या– केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको