चुम्बनले रोग प्रतिरोधी क्षमता बढाउने ! | Khabarhub Khabarhub

चुम्बनले रोग प्रतिरोधी क्षमता बढाउने !


९ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चुम्बन, प्रेम अनुभूतिको प्रतिक मानिन्छ । प्रेमी जोडीले आफ्नो भावनालाई चुम्बनको माध्यमद्वारा व्यक्त र साटासाट गर्दछन् । तर, चुम्बन केवल प्रेमको अभिव्यक्तिमा मात्र नभई स्वास्थ्यका दृष्टिले पनि फाइदाजनक छ ।

१. तनाव कम
चुम्बन गर्दा शरीरमा अक्सटोसिन नामक हर्मोन पैदा हुन्छ । यो शरीरलाई तनावमुक्त राख्न मद्दत गर्ने प्राकृतिक हर्मोन हो । चुम्बन गर्ने जोडिहरु सधै तनावमुक्त हुन्छन् ।

२. मुटुकालागि फाइदाजनक
चुम्बनले रक्तचाप र कोलेस्ट्रोल नियन्त्रित गर्दछ । साथै मुटु स्वस्थ राखी मुटुसम्बन्धी रोगबाट बचाउँछ ।

३. दुखाई बिर्साउछ
यो सुन्दा अनौठो लाग्न सक्छ तर दिनभरको कामको चापले शरीरमा थकान महशुस हुन्छ भने आफ्नो जोडीसंग चुम्बन गर्दा यसले पेनकिलरको जस्तै काम गर्छ ।

४. क्यालोरी घटाउँछ
चुम्बनले क्यालोरी समेत कम गर्दछ । एक मिनेटसम्म चुम्बन गर्दा २ देखि ६ क्यालोरीसम्म कम गर्न सकिन्छ ।

५. अनुहारको मांसपेशी मजबूत
चुम्बनले अनुहारको मांसपेशीको व्यायाम हुन्छ साथै मजबुत बन्दछ । चुम्बनका बेला अनुहारको ३० मांसपेशीको प्रयोग हुन्छ, यसले गालालाई सही आकारमा राख्न मद्दत पुग्छ ।

६. एलर्जी घटाउँछ
चुम्बनबाट रगतमा एलजीई एण्टीबडीजको स्तर कम हुन्छ । यो एण्टीबडीजले हिस्टामाइन निकाल्दछ । यो हर्मोन आँछ्यु र आँखाबाट पानी आउनेजस्ता समस्याको कारक बन्दछ । तर, चुम्बनले यी सबै समस्याको समाधान गर्दछ ।

७. महिलामा लाभ
जर्नल मेडिकल हाइपोथेसिसमा प्रकाशित अध्ययन अनुसार चुम्बनले महिलाको रोग प्रतिरक्षा प्रणालीलाई वृद्धि गर्दछ । चुम्बनबाट महिलाहरु साइटोमेगालो भाइरसबाट बच्न सक्छन् ।

प्रकाशित मिति : ९ जेठ २०७८, आइतबार  ३ : २९ बजे

पाथीभरामा एकैदिन छ हजार बढी भक्तजन

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुकुमलुङ)मा आज एकैदिन छ

टीभेटको विस्तारमा सरकारी प्राथमिकता बढाउनुपर्ने

काठमाडौं । प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम (टीभेट)का क्षेत्रको

पदयात्राको उपयुक्त गन्तव्य बन्दै बागलुङको बराह ताल

बागलुङ । पछिल्लो समय घुमफिर गर्ने संस्कृति बढेको छ ।

धारापानीमा भीषण आगलागी, कम्तीमा २० घरगोठ जले

अर्घाखाँची । भूमिकास्थान नगरपालिका वडा नं ३ र ४ धारापानीमा

सेतो मच्छिन्द्रनाथलाई लगनटोलबाट जनवहाल लगियो (फोटोफिचर)

काठमाडौं । सेतो मच्छिन्द्रनाथलाई शनिबार रथबाट निकालेर लगनटोलबाट जनवहाल लगिएको