अन्तर्राष्ट्रिय समुदाय न्याय र प्रजातन्त्रको पक्षमा उभियोस् भन्ने इजरायलको चाहना छ | Khabarhub Khabarhub

अन्तर्राष्ट्रिय समुदाय न्याय र प्रजातन्त्रको पक्षमा उभियोस् भन्ने इजरायलको चाहना छ



इजरायल र प्यालिस्टाइनको सैन्य समूह हमासबीच ११ दिन दोहोरो आक्रमणपछि  युद्धविराम भएको छ । यो युद्धमा परी करीब २४० जनाको निधन भएको छ । यसैबीच खबरहबले नेपालस्थित इजरायली राजदूत खानान गोडरसँग इजरायल र हमासबीचको द्वन्द्व तथा नेपाल र इजरायल सम्बन्धको विषयमा संवाद गरेको छ ।

कोरोना महामारीबीच इजरायल र प्यालिस्टाइनबीच द्वन्द्व के कारणले शुरू भयो ?

तपाईसँग सत्य बोल्नु पर्दा हमास एक आतंकवादी समूह हो । त्यसैले इजरायल हमासलाई कुनै स्वतन्त्र राज्यका रूपमा स्वीकार गर्दैन । उनीहरूसँग संवाद गर्नु असम्भव प्रायः छ ।

उनीहरूले हाम्रो शहर, अस्पताल, भौतिक संरचनामा आक्रमण गर्दै इजरायली जनतालाई मार्ने काम गरेका छन् । यस प्रकारको आक्रमण तत्काल बन्द गरिनुपर्छ ।

यस प्रकारको आक्रमण इजरायलमाथि हुँदा इजरायल कसरी चुपचाप बस्न सक्छ ! इजरायल युद्धनीतिमा प्रतिबद्ध छ । हाम्रो प्रत्याक्रमणले गर्दा निर्दोष मानिसलाई असर गरेको हुनसक्छ, त्यसका लागि हामी क्षमाप्रार्थी छौँ ।

यो प्रत्याक्रमण हाम्रो उद्देश्य थिएन । हामी निर्दोष मानिसलाई कुनै पनि किसिमको खतरा उत्पन्न हुनु हुँदैन भन्ने कुरामा विश्वास राख्छौँ ।

वर्तमान अवस्था कस्तो छ, त्यो बताइदिनुहोस् न ?

हाल दुवै पक्षले युद्धविरामको घोषणा गरेका छन् । यो सकारात्मक कदम हो । हामी अझै पनि सम्झौताको पूर्ण विवरण अध्ययनकै क्रममा छौँ । इजरायललाई आफ्नो नागरिकको सुरक्षा कसरी गर्नुपर्छ भन्ने थाह छ ।

योसँगै इजरायल आफ्नो क्षेत्रका मानिसको बृहत्तर हितका लागि सहअस्तित्वको भावना कसरी जगाउने भन्ने खोजमा निरन्तर छ । उनीहरूले आफ्नो नागरिकलाई ढालको रूपमा प्रयोग गर्दै हाम्रा नागरिकमाथि हमला गर्ने प्रयास गरे ।

अन्तर्राष्ट्रिय कानूनका अनुसार नागरिकको भौतिक संरचनालाई लक्षित गर्दै आक्रमण गर्नु युद्ध अपराध हो, यस विषयमा तपाईंको भनाइ के छ ?

यसअघि पनि मैले भनिसकेको छु, इजरायलले आफ्नो सार्वभौमसत्ताका विषयमा कुनै सम्झौता गर्न सक्दैन । हमासले इजरायलको नामनिशान मेटाउने उद्देश्य राखेको छ । यो कुनै पनि हालतमा स्वीकार्य विषय होइन । हामीले कठिन दिनको सामना गरेका छौँ ।

इजरायलका जनता हमासले गरेको क्रुर रकेट आक्रमणको त्रासबाट जुग्रिएका छन् । गाजाबाट इजरायलका शहर, इजरायलका जनता, महिला तथा बालबच्चा लक्षित करिब चार हजार रकेट प्रहार गरिएको छ ।

यस्तो अवस्थामा इजरायल अन्तर्राष्ट्रिय समुदायबाट के अपेक्षा राख्छ ?

हामी राम्रा र असल मान्छे राम्रा र असल मान्छेको पक्षमा खडा होऊन् भन्ने चाहन्छौँ । इजरायलमाथि मिसाइल आक्रमण भएको छ । नेपालसहित अन्तर्राष्ट्रिय समुदाय सबैले इजरायल, इजरायली जनता र इजरायली शहरमाथि भएको आक्रमणको निन्दा गर्नुपर्छ ।

अन्तर्राष्ट्रिय समुदायले हमासलाई अलग गराउँदै उनीहरूको कामको भर्त्सना गर्दै अन्तर्राष्ट्रिय आतंककारी समूहका विषयमा करार गर्नुपर्छ । यस्तै, अन्तर्राष्ट्रिय समुदायले एक सार्वभौम देशसँग आफ्नो स्वतन्त्रता र आत्मरक्षाको अधिकार हुने कुरा बुझिदिनुपर्छ ।

अन्तर्राष्ट्रिय समुदायले यस्ता किसिमका आक्रमणका विषयमा आवाज बुलन्द गर्नुपर्छ र हमासलाई इजरायलमाथि आक्रमण रोक्न आह्वान गर्नुपर्छ ।

दिगो शान्ति कायम गर्न के कस्ता अप्ठेरा छन् जस्तो तपाईंलाई ?

सत्य भन्नु पर्दा, उनीहरू (हमास) दिगो शान्तिका बाधक हुन् । उनीहरू जति इजरायललाई घृणा गर्छन्, त्योभन्दा बढी आफ्ना सन्तानलाई माया गरे राम्रो हुने थियो ।

गाजामाथि इजरायले पहिला आक्रमण शुरू गरेको होइन, उनीहरूले पहिला हामीमाथि आक्रमण शुरू गरेका हुन् । हामीले त्यसको प्रतिकार मात्रै गरेका हौँ । हामीले प्यालिस्टाइनका जनतामाथि आक्रमण गरेका छैनौँ ।

खासमा आतंकवादी समूहले हामीमाथि प्रहार गरेको रकेट आक्रमणबाट बच्न हामीले आत्मरक्षा मात्रै गरेका हौँ । आफूमाथि भएको आक्रमणको प्रतिक्रिया मात्रै दिएका हौँ । यसबीचमा निर्दोष मानिसहरूको ज्यान नजाओस् भन्नेमा हामी सचेत छौँ ।

यसको विपरीत हमासले हाम्रा नागरिकको ज्यान लिन सबै हर्कत गरेको छ । उसले इजरायलका सार्वजनिक स्थान, अस्पताल लगायतका स्थानलाई लक्षित गर्दै आक्रमण गरेको छ । उनीहरूले आफ्नै नागरिकलाई पनि बन्धक बनाएका छन् ।

दुई पक्षीय सम्बन्धका अन्य आयामका आधारमा तपाईं नेपालइजरायलको सम्बन्धलाई कसरी विश्लेषण गर्नुहुन्छ ?

नेपाल र इजरायलबीचको दुई पक्षीय सम्बन्ध एकदमै हार्दिक र मित्रवत छ । दुई देशबीचको कूटनीतिक सम्बन्धको ६० वर्ष भइरहेको छ ।

 

म के विश्वास गर्छु भने यी दुई देशबीचको सम्बन्धका दुई आधार रहेका छन् । एउटा आधार त देखिने किसिमकै छ, अर्को आधार भनेको बहुपक्षीय हो । यसका विषयमा मानिसलाई धेरै जानकारी छैन र यो देखिने विषय पनि होइन ।

हामीबीचको सम्बन्ध यी दुवै आधारमा टिक्नुपर्छ र यसले नै हामीबीचको आगामी सम्बन्धलाई थप बलियो बनाउँछ । हालसालै मात्र हामीले मध्य एसियाका अन्य देशसँग पनि कूटनीतिक सम्बन्ध स्थापना गरेका छौँ ।

इजरायलमा चलिरहेको द्वन्द्वबीच इजरायलमा रहेका नेपाली र अन्य विदेशीको हालको अवस्था कस्तो छ ?

उनीहरू सुरक्षित छन् । इजरायल सरकारले आफ्ना नागरिकसँगै त्यहाँ रहेका नेपालीलगायतका अन्य विदेशीको सुरक्षाका लागि आफूले सक्ने प्रयास गरेको छ । संकटको अवस्थामा उनीहरूलाई जोगाउन गर्नुपर्ने महत्वपूर्ण सबै काम सरकारले गरेको छ । इजरायल सरकार उनीहरूको सुरक्षाका लागि प्रतिबद्ध छ ।

नेपालमा कोभिड१९ को प्रभावका विषयमा तपाईंको धारणा के छ ?

कोभिड–१९ को संक्रमण बढ्दै गएको सत्य हो । नेपाल सरकारले भाइरस नियन्त्रण गर्न सक्दो प्रयास गरेको छ । स्वास्थ्य तथा सुरक्षा प्रोटोकल लागू हुने बित्तिकै संक्रमण दर र मृत्युदर छिट्टै कम हुने मैले विश्वास लिएको छु ।

महामारीसँग जुध्न यहाँका स्वास्थ्यकर्मी, डाक्टर र अस्पतालका कर्मचारीले गरेको प्रयासका लागि म उच्च सम्मान प्रकट गर्न चाहन्छु ।

तपाईं नेपाल र इजरायलबीच केही समानता पाउनु हुन्छ ?

नेपाल र इजरायलबीच धेरै कुरा समान छन् । नेपाल र इजरायल दुवै साना देश हुन् र ठूला छिमेकीले घेरिएका छन् ।

कोभिड१९ विरुद्ध नेपालको लडाइँ र अन्य क्षेत्रमा इजरायले तत्काल सहयोग गर्ने कुनै योजना छ ?

नेपालको जङ्गल संरक्षण र विकासका अन्य क्षेत्रमा इजरायल नेपालसँग सहकार्य गर्न इच्छुक छ । हामीले विकासका धेरै क्षेत्र, कृषि र पर्यटनमा सहयोग गर्दै आएका छौँ ।

 

हामीले हालसालै मात्र कोरोना विरुद्ध लड्न राष्ट्रिय ट्रमा सेन्टरलाई एबीजी मेशिन लगायतका सामग्री हस्तान्तरण गरेका थियौँ । हामीले स्वास्थ्यसेवा सम्बन्धी अन्य सामग्री पनि सहयोग गरेका छौँ ।

यसका साथै हामीले नेपालका ग्रामीण भेगमा ‘सिकौँ र रोजगार हौँ’ भन्ने कार्यक्रम पनि सञ्चालन गरेका छौँ । जसका कारण त्यहाँका नेपालीको जीवनस्तरमा निकै परिर्वतन आएको छ ।

(खबरहब अंग्रेजी संस्करणमा प्रकाशित संवादको अनौपचारिक भावानुवाद)

प्रकाशित मिति : ९ जेठ २०७८, आइतबार  ७ : ५५ बजे

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

आरल्याण्ड ए ले दियो नेपाल ए लाई विशाल लक्ष्य

काठमाडौं – पहिलो टी–२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए

‘पशुपतिप्रसाद’का हनुमानको लहड : प्रेमिकाको आमाको गहना बन्धकी राखेर फिल्ममा लगानी

काठमाडौं – जुन फिल्ममा मुख छोपेर अभिनय गरे रवीन्द्र यही