कोभिड उपचारको छ हप्ताभित्र संक्रमितको आँखामा 'कालो ढुसी' देखिने जोखिम उच्च | Khabarhub Khabarhub

कोभिड उपचारको छ हप्ताभित्र संक्रमितको आँखामा ‘कालो ढुसी’ देखिने जोखिम उच्च


९ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली (एएनआई)- कोभिड उपचारको छ हप्ता भित्र बिरामीहरूलाई ‘ब्ल्याक फङ्गस’ (आँखामा कालो ढुसी)को उच्च जोखिम रहेको विज्ञहरूले बताएका छन् ।

अल इन्डिया मेडिकल इन्टिच्युट (एम्स) का वरिष्ठ नशारोग विशेषज्ञले यस्तो दाबी गरेका हुन् ।

एम्समा न्यूरोसर्जरीका प्राध्यापक डाक्टर पी शरत्चन्द्रले भारतीय समाचार एजेन्सी एएनआईसँगको कुराकानीमा भने, ‘फङ्गल’ संक्रमण कुनै नयाँ समस्या होइन । सङ्क्रमणका धेरै कारणहरू हुन सक्छन् ।’

सबभन्दा महत्वपूर्ण कारणमध्ये एक मधुमेहको नियन्त्रण हुन नसक्नु, रोगीलाई भेन्टिलेसनमा राखी पूरक अक्सिजन दिँदा यो सङ्क्रमण हुनसक्छ ।

कोभिड उपचार को छ हप्ता भित्रमा यदि मानिसहरूलाई यी कुनै पनि कारण कालो फङ्गसको उच्च जोखिम रहने गर्छ, डाक्टर शरत्चन्द्रले बताए ।

उनले सचेतनाका लागि भने, “सिलिण्डरबाट चिसो चिसो अक्सिजन दिँदा यसले बिरामीहरूमा चिसोका कारण पैदा हुने ब्ल्याक फङ्गसजस्ता समस्या निम्त्याउने खतरा हुन सक्छ ।”

भारतका विभिन्न भागहरूमा ‘कालो ढुसी’ संक्रमणका घटनाहरू जानकारीमा आइरहेका छन् ।

राजस्थान, गुजरात, पञ्जाब, हरियाणा, कर्नाटक, ओडिसा, तेलङ्गना र तमिलनाडुजस्ता राज्यहरूले महामारी रोग ऐनअन्तर्गत यसलाई ‘अधिसूचित’ रोग घोषणा गरिसकेका छन् ।

कोभिड महामारीको अतिरिक्त कालो ढुसीको सङ्क्रमण समस्या बढ्दो चिन्ताको बीचमा, दिल्लीको सर गंगाराम अस्पतालमा सानो नशाको म्युकोर्मिकोसिसको दुर्लभ घटनाहरू देखिएका छन् ।

प्रकाशित मिति : ९ जेठ २०७८, आइतबार  ६ : ४० बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६