१. म्याक डोनाल्ड
विश्वमा सबैभन्दा धेरै नाम चलेका र धेरै शाखा भएका विश्वप्रसिद्ध फास्टफुड रेष्टुराँहरुमध्ये म्याक डोनाल्ड एक हो । सन् १९४८ सालमा मउरिस र रिचर्ड म्याक डोनाल्डले यस रेष्टुराँको सुरुवात गरेका थिए । विश्वभर ११९ वटा देशहरुमा ३०,००० भन्दा बढी यसका शाखा छन् । यसको एक दिनको आम्दानी अमेरिकी डलर ५९,१७८,०८०।– बराबर छ ।
२. केशको बखान
एक महिनामा हाम्रो केश १ सेन्टिमिटर बढ्छ भने एक वर्षमा ५ इन्च बढ्छ । हाम्रो देश बढीमा २० इन्चभन्दा लामो हुन सक्दैन किनभने केशको आयु प्रायः ४ वर्षसम्म मात्र हुन्छ ।
३. पहिलो ट्याङ्क
युद्धमा प्रयोग हुने ट्याङ्क सबैभन्दा पहिला सन् १९१६ सालमा बेलायतले बनाएको हो, जसको नाम बिग बिली थियो ।
४. चिनियाँ टाइपराइटर
कुनै कुनै चिनियाँ टाइपराइटरमा ५,७०० वटा अक्षरहरुको थिच्ने key हुन्छ । यसको आकार पनि तीन फिट चौडाको हुन्छ । चाँडो टाइप गर्ने व्यक्तिले यसबाट एक मिनेटमा ११ वटा शब्द टाइप गर्न सक्छ ।
५. यन्त्रविनाको वायुयान
जर्मन आविष्कारक ओट्टो लिलिन्थल (१८४८–१९९६) ले ग्लाइडर बनाएर करिब २,००० पटक उडेका थिए । ग्लाइडरमै उड्ने क्रममा दुर्घटना भएर उनको मृत्यु भएको थियो ।
साभार : ‘रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु’ पुस्तकबाट
प्रतिक्रिया