६ वर्षपछि पुरानै अवस्थामा फर्किए कीर्तिपुरबासी | Khabarhub Khabarhub

६ वर्षपछि पुरानै अवस्थामा फर्किए कीर्तिपुरबासी

पुनर्स्थापनामा नवलपुर अब्बल



कीर्तिपुर (नवलपरासी)– नवलपरासी (बर्दघाट सुस्तापूर्व) देवचुली नगरपालिकाको दुर्गम पहाडी गाउँ कीर्तिपुरका रणबहादुर सोती ६ वर्षअघि आएको भूकम्पमा परी घाइते भए ।

परिवारसँगै घरमा रहेका उनको घरको एक छेउ भूकम्पले भत्कायो । घरको भन्दा पनि ज्यानको माया बढी भयो, सबै बाहिरतिर भागदौड गर्न थाले । भूकम्प गएको झण्डै दुई घण्टापछि प्रहरी आइपुगेको सोती सम्झन्छन् ।

भूकम्पले कीर्तिपुरका १०६ घरमा क्षति हुन पुग्यो । घर भत्किएपछि यहाँका बासिन्दाको लामो समय त्रिपालमुनी बास भयो ।

भूकम्प गएको तीन वर्षपछि २०७५ जेठ १६ गते मात्रै नवलपुरमा जिल्ला आयोजना कार्यान्वयन इकाइ कार्यालय स्थापना भयो । कार्यालय स्थापना भएपछि मात्रै यहाँका पीडित परिवारले राहत पाएका थिए ।

भूकम्प गएको झण्डै वर्ष दिनपछि मात्रै सरकारबाट पाएको राहतमा थपथाप गरेर अहिले सबैले घर निर्माण गरेको सोही ठाउँकै बासिन्दा देवचुली नगरपालिका ६ का वडाध्यक्ष मीनबहादुर सोतीले बताए ।

१०६ घरमा क्षति भएकोमा अहिले १०५ घर निर्माण सम्पन्न भएको सोतीले बताए ।

देवचुली नगरपालिकाको सबैभन्दा दुर्गम गाउँ कीर्तिपुरका बासिन्दाले अहिले पुरानै लयमा फर्किएको अर्का स्थानीय लुलबहादुर सुनारी बताउँछन् ।

पुनर्निर्माणमा नवलपरासी अगाडि

२०७२ वैशाख १२ गते गएको महाभूकम्पले १४ जिल्ला अति प्रभावित बनेका थिए । १७ जिल्लालाई कम प्रभावित जिल्लामा राखिएको थियो ।

कम प्रभावित जिल्लामा परेको नवलपरासीमा (नवलपुर छुट्टिनुअघि) १ हजार ७१ घर क्षति भएको इकाईको अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयको विवरणमा उल्लेख छ ।

पूर्वी नवलपरासीमा १ हजार ५३ र पश्चिम नवलपरासीमा २१ घर क्षति भएकोमा १ हजार ५३ जनाले तेस्रो किस्तासम्म लगेर काम सम्पन्न गरेको स्थानीय पूर्वाधार कार्यालय नवलपुरका प्रमुख राजेन्द्र कार्कीले बताए । दुवै जिल्लामा गरी ९७.७७ प्रतिशत लाभग्राहीले काम सम्पन्न गरेका छन् ।

भूकम्पले नवलपुरका १३८ वटा विद्यालयसहित दुवै जिल्लामा २सय ८ वटा विद्यालयमा क्षति पुगेको थियो ।

गोरखाको बारपाक केन्द्र भएर गएको भूकम्पले गण्डकी प्रदेशको गोरखा जिल्लामा सबैभन्दा बढी क्षति भएको थियो ।

केन्द्रीय आयोजना कार्यान्वयन इकाइ, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार (जीमेली)काअनुसार भूकम्पबाट अति प्रभावित गोरखामा ८५.०९ प्रतिशत पुनःनिर्माणको काम सम्पन्न भएको छ ।

यस्तै, कम प्रभावित बाग्लुङमा ६१.८५ प्रतिशत, कास्कीमा ५६.२२, लमजुङ्मा ५९, म्याग्दीमा ६५.४८, पर्वतमा ५८.१४, स्याङजामा ५४.९९ र तनहुँमा ६७.८८ प्रतिशत काम सम्पन्न भएको पुनर्निर्माणको पछिल्लो तथ्यांकमा उल्लेख छ ।

भूकम्पले प्रभावित भएका भनी तोकिएका ३१ जिल्ला मध्ये दास्रो प्रगतिमा दोलखा जिल्ला परेको छ । दोलखामा ८६.७५ प्रतिशत प्रगति भएको छ भने काठमाडौँमा सबैभन्दा कम ४२.२५ प्रतिशत मात्रै प्रगति भएको छ ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  १२ : ५४ बजे

काँकरभिट्टा–लौकही सडक स्तरोन्नति

झापा– पूर्वपश्चिम राजमार्गअन्तर्गत काँकरभिट्टा–लौकही खण्डमा स्तरोन्नतिको काम सुरु भएको छ

चेपाङ बस्तीमा पक्की विद्यालय भवन निर्माण

भरतपुर– चितवनको इच्छाकामना गाउँपालिका–१ स्थित राष्ट्रिय आधारभूत विद्यालयको पक्की भवन

लहानको खुट्टीखोलामा घाट निर्माण

सिरहा– सिरहाको लहान नगरपालिका–४ स्थित खुट्टीखोला किनारमा सुविधासम्पन्न घाट निर्माण

अतिक्रमित जग्गा फिर्ता ल्याउने कामलाई तीव्रता दिन गृहको निर्देशन

काठमाडौँ– गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा

एक वर्षमा ३१ हजार विदेशी पर्यटक घोडेपानीमा

म्याग्दी– विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको