बालिका खड्का प्रकरण : एमाले पार्टी कार्यालयमा भएको घटनाप्रति मुख्यमन्त्री राई पत्नीको आक्रोश | Khabarhub Khabarhub

बालिका खड्का प्रकरण : एमाले पार्टी कार्यालयमा भएको घटनाप्रति मुख्यमन्त्री राई पत्नीको आक्रोश


१० बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 

काठमाडौँ– प्रदेश १ का मुख्यमन्त्री शेरधन राईकी पत्नी जाङ्मु इन शेर्पाले आफ्नो श्रीमानको सुनियोजित चरित्र हत्या गर्न खोजिएको बताएकी छिन् ।

बिहीबार नेकपा एमालेको पार्टी कार्यालयमा भएको घटनाप्रति लक्षित गर्दै शेर्पाले आफ्नो श्रीमानको बारम्बार सुनियोजित रुपमा चरित्र हत्या गर्न खोजिए अब चुप लागेर नबस्ने बताएकी हुन् ।

नेकपा स्थापना दिवसको अवसर पारेर थापाथलीस्थित नयाँ पार्टी मुख्यालयको भवनमा पुगेका मुख्यमन्त्री राईमाथि बालिका खड्काले आक्रमणको प्रयास गरेकी थिइन्।

मुख्यमन्त्री राई मुख्यालयको भित्री गेटमा पुग्दा आफ्नो इज्जत लुटेको भन्दै बालिकाले आक्रमणको प्रयास गरिन् । तथानाम बोल्दै गाली गलोज गर्न थालेपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

सोही घटनालाई लिएर जाङ्मुले शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लामै स्टाटस लेख्दै आफ्नो श्रीमान् निर्दोष भएको हुँदा अनर्गल प्रचारविरुद्ध भ्रमित नहुन समेत सबैमा आग्रह गरेकी छिन् ।

उनले आफ्नो श्रीमान दोषी भए आँफै पनि कारबाहीमा उत्रिने बताउँदै लेखेकी छिन, ‘मेरो श्रीमानले पीडित बनाएको एउटा सानो मात्रै प्रमाण भए म नै मेरो श्रीमानलाई कारबाहीको कठघरामा उभ्याउन तयार थिए, तयार छु ।’

उनले आफ्ना पतिको राजनीतिकक सफलता र उचाइबाट इर्श्या डाह गरेर खुट्टा तान्ने तल्लो दर्जाका फोहोरी मान्छेहरुसँग के प्रतिबाद गर्ने भनेर श्रीमान चुप लागेर बसेको बताउँदै आफू अब चुप लागेर नबस्ने बताएकी छिन् ।

उनले लेखेकी छिन्, ‘अब चुप लागेर बस्नु हुँदैन, कानुनी, प्रशासनिक लगायतका बाटाहरुको अवलम्बन गर्नुपर्छ ।’

उनले फेसबुकमा यस्तो लेखेकी छिन्

 

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ११ : १२ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन