काठमाडौँ- आज पनि मुलुकका विभिन्न स्थानमा हावाहुरी र चट्याङसहितको वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मुलुकमा स्थानीय र पश्चिमी वायुको प्रभाव कायमै रहँनु तथा प्रिमनसुनको समय भएकाले आज पनि ठाउँठाउँमा वर्षाको पूर्वानुमान गरिएको हो ।
महाशाखाका अनुसार आज दिउँसो र राति सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा गण्डकी प्रदेशका भू-भागमा आंशिकदेखि सामान्य बदली र अन्य पहाडी भू-भागहरुमा आंशिक बदली रहनेछ ।
सुदूरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेशका पहाडी भू-भागहरुका थोरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तो छ आगामी तीन दिनको पूर्वानुमान
वैशाख १० गते (शुक्रबार)
दिउँसोः देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा गण्डकी प्रदेशका भू-भागमा आंशिकदेखि सामान्य बदली र अन्य पहाडी भू-भागहरुमा आंशिक बदली रहनेछ ।
सुदूरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेशका पहाडी भू-भागहरुका थोरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ/हावाहुरीसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ ।
राति : देशको सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका भू-भागहरुमा आँशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशका पहाडी भूभागहरुमा आँशिक बदली रही थोरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ/हावाहुरीसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ ।
वैशाख ११ गते (शनिबार)
बिहान: देशभर आँशिक देखि सामान्य बदली रही वाग्मती प्रदेश , सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशहरुका थोरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ/हावाहुरीसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ ।
राति : देशका पहाडी भू-भागमा आँशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली रहनेछ।
वैशाख १२ गते (आइतबार)
बिहान: देशका पहाडी भू-भागमा आँशिक बदली रही अन्य भू-भागमा आंशिक बदली रहनेछ।
राति : देशका पहाडी भू-भागमा आँशिक बदली रही अन्य भू-भागमा आंशिक बदली रहनेछ।
प्रतिक्रिया