ओपो एफ १९ प्रोको नेपालमा बिक्री सुरु, मूल्य कति ? | Khabarhub Khabarhub

ओपो एफ १९ प्रोको नेपालमा बिक्री सुरु, मूल्य कति ?


१० चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ओपोले नेपालमा आजबाट एफ१९ प्रोको बिक्री आरम्भ गरेको छ।

कम्पनीले देशभर रहेका प्रमुख अफलाइन रिटेल स्टोर्स मार्फत स्मार्टफोनको बिक्री खुल्ला गरेको हो। मार्च १६मा एक अनलाइन लञ्च इभेन्ट मार्फत ओपोले नेपालका लागि आफ्नो फ्ल्यागशिप मोडल ओपो एफ१९ प्रोका साथमा ओपो ब्याण्ड स्टाइल र ओपो एफ१९ पनि सार्वजनिक गरेको थियो।

नेपालमा ओपोको तेस्रो अनलाइन लाइभ लञ्च इभेन्टमा नेपाली मनोरञ्जन जगतका चर्चित हस्तिहरु, ओपोका ब्राण्ड फ्रेन्ड तथा नायिका स्वस्तिमा खड्का, गायिक/गीतकार तथा संगीतकार तृष्णा गुरुङ्ग र पारम्परिक नेपाली लोक बाद्य बादन उपकरण इन्सेम्बल कुटुम्ब ब्याण्ड लगायतको उपस्थिती रहको थियो।

नेपालमा ओपो एफ१९ प्रोको मूल्य

८जीबी र्‍याम र १२८जीबी सञ्चय क्षमताका साथमा उपलब्ध गरिएको ओपो एफ१९ प्रोको मूल्य नेपालमा रु. ४४ हजार ९ सय ९० तोकिएको छ। कम्पनीले स्मार्टफोन फ्यान्ट्यास्टिक पर्पल र फ्ल्यूइड ब्ल्याक गरी दूई आकर्षक रंगमा उपलब्ध गराएको छ।

फोनका विशेषता बारे संक्षिप्त जानकारी

ओपो एफ१९ प्रोमा ६.४३ ईञ्च पञ्चहोल एमोलेड डिस्प्लेका साथमा सेल्फीका लागि ३२एमपी फ्रण्ट फेसिङ क्यामेरा दिइएको छ। यस स्मार्टफोनको ब्याक प्यानलमा ४८एमपी क्वाड क्यामेरा सहित ४ ओटा क्यामेरा सेन्सरको ब्यवस्था गरिएको छ। तिनमा ४८एमपीको प्राइमरी क्यामेरा, ८ एमपी अल्ट्रा वाइट, २एमपी माक्रो र २एमपी मोनो क्यामेरा रहेका छन्।

अल्ट्रा स्लिम डिजाइनका लागि पनि एफ सिरिज परिचित छ। एफ१९ प्रोमा पनि कम्पनीले यसलाई प्राथमिकताका साथ निरन्तरता दिएको छ। थ्रीडी कभ्र्ड ब्याट्री र ७.८एमएम अल्ट्रा स्लिम बडी सहितको यो फोनको वजन जम्मा १७२ग्राम मात्र रहेको छ।

एप स्टार्टअप टाइममा तिब्रताका साथै, थप प्रतिक्रियात्मक अनस्क्रिन टच र न्यून ल्यागका लागि एफ१९ प्रोमा २.२ जीएचजेड सम्म सञ्चालन हुने २ एआरएम कोरटेक्स ए७५ प्राइम कोर्स र २.०जीएचजेड सम्म क्षमताका साथ सञ्चालन हुने ६ एआरएम कोरटेक्स ए५५ सहितको शक्तिशाली मिडियाटेक हेलियो पी९५ ओक्टाकोर प्रोसेसरको प्रयोग गरिएको छ।

त्यसैगरी, फोनको प्रदर्शनीमा अझ उत्कृष्टता दिने सोचक साथ यसमा ३०वाट भोक फ्ल्याश चार्ज ४.० प्रविधि सुसज्जित ४,३१० एमएएच क्षमताको ब्याट्री जडान गरिएको छ। साथै, प्रयोगकर्ताको सुरक्षामा विशेष ध्यान दिँदै फोनमा इन-डिस्प्ले फिंगरप्रिन्ट स्क्यानर र उपकरण अनलकिङका लागि फेस अनलक प्रविधि पनि उपलब्ध गरिएको छ।

ओपो एफ१९ प्रोमा कलरओएस ११ सञ्चालन प्रणालीको ब्यवस्था गरिएको छ। यसले गर्दा ओपो एफ१९ प्रो मल्टिटास्किङ गरिरहनुपर्ने प्रयोगकर्ताहरुका लागि तिब्र कार्य सम्पादनका लागि उपयुक्त छ।

ओपो ब्याण्ड स्टाइलको पनि बिक्री खुल्ला

एफ१९ प्रोका साथै ओपोले नेपालमा आफ्ना आईओटी उपकरणको श्रेणीमा थप बृद्धि गर्दै ओपो ब्याण्ड स्टाइलपनि आजैका मितिबाट उपलब्ध गराएको छ। मूल्य रु. ५,५९९ तोकिएको ओपो ब्याण्ड स्टाईल कालो र भ्यानिला गरी दूई आकर्षक रंगमा उपलब्ध गरिएको छ।

यसमा कम्पनीले आकर्षक मेटल बकल डिजाइन अपनाएको छ। यो डिजाइनका कारण प्रयोगकर्ताले रिस्ट ब्याण्डलाई लगाउँदा आफ्नो आराम अनुसार आवश्यकता र आरामदायिता अनुभवका लागि ३६० डिग्रीसम्म समायोजन गर्न सक्छन्।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  ५ : ०१ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०