गर्भावस्थाको अन्तिम तेस्रो साताबारे जान्नै पर्ने कुरा | Khabarhub Khabarhub

गर्भावस्थाको अन्तिम तेस्रो साताबारे जान्नै पर्ने कुरा


१० चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हरेक महिलाकालागी गर्भावस्था संवेदनसिल मानिन्छ । गर्भावअस्थामा आमाले के गर्ने, के नगर्ने भन्ने बारे जानकारी लिनु पर्दछ । अन्यथा कतिपय आचरणका कारणले बच्चालाई नकारात्मक असर पर्न सक्छ । त्यसैले गर्भावस्थाका बारेमा महिला र परिवारले केहि कुरा जान्न आवश्यक छ ।

गर्भवती हुने बित्तिकै हरेक गर्भवती महिलाले पोषिलो खानेकुरा खाने, झोलयुक्त पदार्थको सेवन गर्ने, खानाको समय तालिका निर्धारण गर्ने काम गर्नु पर्दछ । गर्भावस्थामा महिलाको स्वास्थ्य अन्य समयमा झै सामान्य हुदैन । यो अवस्थामा उनिहरु चिन्तित हुने, रिसाउने, र्झकने, तनाव लिने, चिडचिडाहट गर्ने बानी हुन्छ । यद्यपी महिलाले यसलाई नियन्त्रण गर्नु पर्दछ । साथै परिवारले समेत यो स्वभावलाई सामान्य मान्नु पर्दछ ।

गर्भावस्थाको अन्तिम तेस्रो साता के गर्ने ?
गर्भावस्थाको अन्तिम तेस्रो साता बच्चाको विकाश तिव्र हुन्छ । यो बेला स्वभाविक रुपमा महिलालाई असहज हुन्छ । सन्तानको जन्मको चिन्ता र कौतुहलताले मन अशान्त हुन्छ । साथै शारीरिक पीडा थपिदै जान्छ । तसर्थ यो बेला हुने निम्न कुराबारे महिला मात्र नभई परिवार सचेत हुन आवश्यक छ ।
१. बच्चा जन्मने अन्तिम तेस्रो साता शरीर भारी हुन्छ र हिँडडुल गर्न गाह्रो हुन्छ ।
२. यो समयमा गर्भवतीलाई चाडै थकाई लाग्छ । तर निन्द्रा पुरा हुन पाउँदैन ।
३. गर्भमा रहेको बच्चाको दवाबले योनिमुखमा धेरै दवाब पर्छ, यो पीडा अत्यधिक हुन्छ ।
४. योनीमुखमा हुने दबाबबाट बच्न आइस प्याक प्रयोग गर्न सकिन्छ ।
५. यो समयमा महिला सुत्ने ओच्छ्यान आरामदायी, सफा र सिरानी गुणस्तरीय हुनु पर्दछ ।
६. यस्तो बेलामा स्तनमा दुख्ने, गर्मी हुने भएकाले खुकुलो र शितल लुगा लगाउनु पर्दछ ।
७. यो बेलामा घोप्टीएर काम गर्नु हुदैन । भारी सामान उठाउने चेष्टासम्म गर्नु हुदैन ।
८. यो बेला खानेकुरा, पानी, औषधी गर्भवतीले सजिलै र सहज भेट्ने स्थानमा राख्नु पर्दछ ।
९. यो बेलामा मांशपेसी, पिँठ्यु र कम्मर दुख्छ जसलाई हल्का हातले मालिस गर्नु पर्छ ।
१०. यस्तो अवस्थामा महिलालाई खानामा नरुच्ने, गन्हाउने, वाकवाक लाग्ने र अमन हुन्छ ।
११. यो अवस्थामा सम्भव अनुसार महिलाले खाना नपकाउनु राम्रो हुन्छ ।
१२. यदि सादा पानी पिउन इच्छा नभएमा कागती वा नुन हालेर पनि पानी पिउनु पर्दछ ।
१३. सम्भव अनुसार यो अवस्थामा महिलाले हास्ने, खुसी हुने र शान्त रहनु पर्दछ ।
१४. परिवारले यो समय महिलालाई रुवाउने वा गाली गर्नु हुदैन ।
१५. गर्भावस्थामा महिला रुदाँ उसको गर्भमा रहेको बच्चामा समेत असर पर्दछ ।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  ३ : ४५ बजे

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न

लगानी सम्मेलन : केही अनुत्तरित प्रश्न

सरकारले ०८१ वैशाख १६ र १७ गते २ दिन अन्तरराष्ट्रिय

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

कञ्चनपुर– कञ्चनपुरकी कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक

१६ औं योजना : महिला तथा बालबालिका कति प्राथमिकतामा ?

काठमाडौं – राष्ट्रिय योजना आयोग १६औं आवधिक योजना सार्वजनिक गर्ने