एडल्ट उद्योगबाट सन्यास लिएका यी अभिनेत्री | Khabarhub Khabarhub

एडल्ट उद्योगबाट सन्यास लिएका यी अभिनेत्री


१० चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– पोर्न उद्योगका बारेमा सबैको आ–आफ्नो बुझाई छ । केही व्यक्तिहरु यहाँ काम गरिरहेका कलाकारलाई खराब नजरले हेर्छन् भने केहीले उनीहरुलाई फिल्म उद्योगको स्टारका रुपमा व्यवहार गर्छन् ।

एडल्ट उद्योगमा काम गरेका अभिनेता र अभिनेत्रीको चर्चा गैर एडल्ट उद्योगमा काम गर्ने कलाकारको भन्दा कम छैन । यही उद्योगमा केही यस्ता अभिनेत्री छन्, जसले लामो समय एडल्ट उद्योगमा आफ्नो पहिचान बनाएर त्यहाँबाट हात झिकिसकेका छन् ।

तर उनीहरुको लोकप्रियता उत्तिकै छ । अमर उजालाले एडल्ट उद्योगबाट बिदा लिएका केही अभिनेत्रीको बारेमा समाचार तयार पारेको छ ।

यो सूचीमा सबैभन्दा पहिलो नाम सनी लियोनीकै आउछ । जसले सन् २०१० मा पोर्न उद्योग छोड्ने घोषणा गरेकी थिइन् ।
यसपछि उनी ‘बिग बोस’को पाँचौं संस्करणमा देखिइन् । रियालिटी शोमा आफ्नो अलग पहिचान बनाइसकेकी सनीले त्यसपछि बलिउड फिल्ममा पाइला चालिन् ।

उनले महेश भट्टको फिल्म ‘जिस्म २’बाट बलिउडमा डेब्यू गरिन् । यो फिल्मपछि उनले धेरै फिल्ममा अभिनय गरिन् भने आइटम डान्सको संख्या पनि उल्लेख्य नै छ । उनले फिल्म ‘रईस’मा अभिनेता शाहरुख खानसँग आइटम डान्स गरेकी छन् ।

मोडल मिया खलीफाले पोर्न उद्योगमा कम समयमै आफ्नो पहिचान बनाइन् । यी मोडलले अहिले भने पोर्न उद्योग छोडिसकेकी छन् ।

उनले आफ्नो प्रेमीसँग इन्गेजमेन्ट गरिसकेकी छन् । आजकल उनी सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । प्रायः सामाजिक मुद्धामा आफ्नो विचार राखिरहन्छिन् ।

केही समय अघि उनले भारतमा चलिरहेको किसान आन्दोलनको समर्थनमा ट्वीट गरेका थिइन् । त्यो ट्वीट निकै भाइरल भएको थियो ।

कुनै समय पोर्न उद्योगको लोकप्रिय अभिनेत्री रहेकी साशा ग्रेले अहिले हलिउडमा आफ्नो पहिचान स्थापित गरेकी छन् । उनले एडल्ट उद्योगलाई छोडेर सिरिज ‘द गर्लफ्रेण्ड एक्सपीरियन्स’मा अभिनय यात्रा सुरु गरिसकेकी छन् ।

यसबाहेक साशा कैयौं विज्ञापन, म्यूजिक एलबम र म्यागेजिनका कभरमा आइसकेकी छन् । उनले एक पुस्तक पनि लेखिसकेकी छन् ।

अभिनेत्री क्रिसी मोर्गनले सन् १९९६ देखि २००६ सम्म पोर्न उद्योगमा काम गरिन् । यसपछि उनी अध्यात्मतिर लागिन् ।

उनले ५० भन्दा बढी फिल्ममा काम गरिसकेकी छन् । अहिले उनी क्रिसी एडल्ट वेबसाइटबाट आफ्नो भिडियो हटाउनका लागि कानूनी लडाइँ लडिरहेकी छन् ।

पोर्न उद्योगकी स्टार बनिसकेकी जेन्ना जेम्सनले सन् २००८ बाट एडल्ट फिल्मबाट सन्यास लिइन् । यसपछि उनले मोडलिङको दुनियाँमा पाइला चालिन् ।

अहिले उनी आफ्नो व्यवसाय चलाइरहेकी छन् । उनी टेलिभिजनको प्रख्यात सञ्चालक पनि बनिसकेकी छन् । कैयौं फिल्ममा काम गरिसकेकी उनले ‘डब्लूडब्लूई’मा सहभागिता जनाइसकेकी छन् ।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  १२ : ४५ बजे

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको

साउदी प्रो लिग : अल नासरको पुनरागमन जित

काठमाडौँ- साउदी प्रो लिग फुटबलमा अल नासरले पुनरागमन जित निकालेको

संस्कृति संरक्षण गर्न नौमती बाजा हस्तान्तरण

लमजुङ– परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई नौमती

मृत्युमार्गको विकल्प सिद्धबाब सुरुङ (फोटो फिचर)

मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी पाल्पा – मृत्युमार्गले परिचित सिद्धार्थ राजमार्गको

आँबुखैरेनी अस्पताललाई डायलाइसिस मेसिन प्रदान

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस