तानाशाह बन्ने ओलीको प्रयास विफल भएको छ : नेता मिश्र | Khabarhub Khabarhub

तानाशाह बन्ने ओलीको प्रयास विफल भएको छ : नेता मिश्र


११ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतले संसद पुनःस्थापना गर्ने फैसला गरेसँगै विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले उक्त निर्णयको स्वागत गरेका छन् ।

मिश्रले सामाजिक सञ्जालमा सर्वोच्चको फैसला जे हुनु पर्थ्यो, त्यहीँ भएको र तानाशाह बन्ने ओलीको प्रयास विफल भएको प्रतिक्रिया दिएका छन्।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘जे हुनु पर्थ्यो, त्यो भयो। सर्वोच्चको आजको फैसलाले दूरगामी ऐतिहासिक महत्व राख्नेछ । लोकतन्त्र र संविधानवादको चीरहरण गरेर लोकतान्त्रिक माध्यमबाटै तानाशाह बन्ने ओलीको प्रयास विफल भएको छ । तर नेपाली राजनीतिमा ओली प्रवृत्ति समाप्त भएको छैन। ओलीको विकल्प देउवा, प्रचण्ड हुन सक्दैनन्।’

यस्तै उनले अगाडी लेखेका छन्, ‘निर्णय जे सुकै आए पनि, प्रधानमन्त्री ओलीले विविध जटिलताका बाबजुद स्थिर देखिन थालेको नेपाली राजनीतिलाई अनावश्यक रूपमा भुङ्ग्रोमा जोतेका छन्। कुनै न कुनै समयमा चुनाव त भइहाल्नेछ। यो अपराधलाई नेपाली जनताले क्षमा नगरुन् भन्ने कामना गर्दछु।’

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  ८ : ५४ बजे

लहानको खुट्टीखोलामा घाट निर्माण

सिरहा– सिरहाको लहान नगरपालिका–४ स्थित खुट्टीखोला किनारमा सुविधासम्पन्न घाट निर्माण

अतिक्रमित जग्गा फिर्ता ल्याउने कामलाई तीव्रता दिन गृहको निर्देशन

काठमाडौँ– गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा

एक वर्षमा ३१ हजार विदेशी पर्यटक घोडेपानीमा

म्याग्दी– विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको