'जनताको जीत' भन्दै नेकपा अध्यक्षद्वय दाहाल-नेपालले बाँडे खुशी | Khabarhub Khabarhub

‘जनताको जीत’ भन्दै नेकपा अध्यक्षद्वय दाहाल-नेपालले बाँडे खुशी


११ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरेको खुशीयालीमा नेपाल कम्युनिस्ट पार्टी  (नेकपा) दाहाल-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले जनताको जीत भएको जनाएका छन् ।

दाहाल-नेपाल समूहले बुधबार गर्न लागेको कार्यक्रमका लागि चितवन पुगेका दाहाल-नेपालले संसद पुनर्स्थापनाको खुशीयालीमा ‘विजय उत्सव’ समेत मनाएका छन्। उनीहरुले एकअर्कालाई लड्डु खुवाएर खुशी मनाएका हुन् ।

सर्वोच्चको ऐतिहासिक फैसला स्वागत योग्य भन्दै अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीलाई पदबाट तत्काल राजीनामा दिन समेत आग्रह गरे।

दुवै नेताले संसद पुनर्स्थापनाको फैसलालाई जनताको जीत भनेका छन् । प्रचण्ड पुत्री गंगा दाहाले सामाजिक सञ्जालमा यी दुई तस्वीर राख्दै बधाई लेखेकी छिन् ।

अध्यक्ष नेपालले सर्वोच्च अदालतद्वारा प्रतिनिधिसभा पुनर्स्थापनाको फैसला स्वागतयोग्य भएको बताउँदै जनताको जित भएको फेसबुकमा समेत लेखेका छन् ।

सर्वोच्चको निर्णय आएको केही समयमा नै उनले सामाजिक सन्जालमा यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको ऐतिहासिक फैसलाले जनताको जित भएको छ । संविधानका प्रावधानलाई मिचेर केपी ओलीले गरेको प्रतिनिधिसभा विघटन प्रतिगमनकारी थियो ।,’ उनले लेखेका छन् ।

उनले थपेका छन्, ‘सम्मानित सर्वोच्च अदालतले संवैधानिक अपेक्षा र जनभावना अनुसार अत्यन्तै प्रशंसनीय र ऐतिहासिक फैसला सुनाएर लोकतन्त्रको रक्षा गरेकोमा सर्वोच्च अदालतप्रति आभार व्यक्त गर्दछु । सम्पूर्ण नेपाली जनता, आन्दोलनमा उत्रेका राजनीतिक दलहरु, नागरिक समाज, मिडिया, समाजका सबै तहका जनतालाई हार्दिक धन्यवाद दिन चाहन्छु ।’

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेसँगै ठाउँ-ठाउँमा दीप प्रज्ज्वलन गरिएको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजालासले पुस ५ गते सरकारले गरेको उक्त निर्णयलाई असंवैधानिक ठहर गर्दै बदर गरेको खुशीयालीमा नेकपा दाहाल–नेपाल समूह निकट अनेरास्ववियु, कांग्रेस निकट नेविसंघ, विवेकशील लगायतले दीप प्रज्ज्वलन गरेका हुन् ।

उनीहरुले सम्मानित अदालतले स्वागत योग्य फैसला गरेको बताउँदै जनताको जीत भएकोमा नाराबाजी गरेका छन् ।

तस्वीर : नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पुत्री गंगा दाहालको फेसबुकबाट 

 

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  ८ : १६ बजे

दिक्तेल-चखेवाभञ्ज्याङ सडकखण्डका तीन पुल निर्माणको अन्तिम चरणमा

खोटाङ– मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा पर्ने तीनवटा खोलामा निर्माणाधीन ‘मोटरेबल’

सभामुख घिमिरे आज स्वदेश फर्किँदै 

काठमाडौं– जेनेभामा भएको अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १ सय

दिल्लीमाथि राजस्थान रोयल्स १२ रनले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले दिल्ली

निःशुल्क औषधीका नाममा नागरिकको जनस्वास्थ्यमा खेलबाड

काठमाडौं – कैलालीको लम्कीचुहा नगरपालिका ४ बलियाका ५० वर्षीय देशराम

विराट गोल्डकपः भुटानको विजयी सुरुवात

मोरङ– विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा आयोजित रात्रिकालीन