सर्वोच्चको ऐतिहासिक फैसला स्वागतयोग्य : नेपाली कांग्रेस | Khabarhub Khabarhub

सर्वोच्चको ऐतिहासिक फैसला स्वागतयोग्य : नेपाली कांग्रेस


११ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद विघटनविरुद्धका रिटमा सर्वोच्च अदालतको फैसला स्वागतयोग्य भएको जनाएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदरको फैसला स्वागतयोग्य भएको बताएका हुन् ।

‘मैले सुरुदेखिनै संसद विघटनमा सर्वोच्चलाई स्वतन्त्र रुपमा फैसला गर्न सघाउनुपर्छ भन्दै आएको थिएँ । सोही अनुसार सर्वोच्च अदालतले स्वतन्त्र रुपमा संसद पुनःस्थापना गर्ने एतिहासिक फैसला गरेको छ । कांग्रेस सर्वोच्चको उक्त फैसलाको स्वागत गर्दछ।’ देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

संविधान कार्यन्वयनका क्रममा देखिने विवादहरु समाधान गर्ने अन्तिम थलो सर्वोच्च अदालत नै भएको उनले बताएका छन् । सर्वोच्चले संसद विघटन बदर गरेर संवैधानिक दायित्व पुरा गरेको बताएका छन् ।

उनले यो ऐतिहासिक कदमका लागि सर्वोच्च अदालतको संवैधानिक इजालशका न्यायधीशहरुलाई धन्यवाद समेत दिएका छन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  ७ : ४० बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६