‘मेरो कमजोरी, बालबालिका भट्टाएँ भने ठूला काम छाडेर पनि खेल्न थाल्छु’ | Khabarhub Khabarhub

‘मेरो कमजोरी, बालबालिका भट्टाएँ भने ठूला काम छाडेर पनि खेल्न थाल्छु’


११ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिका भट्टाउँदा ठूला–ठूला काम पनि छाडेर पनि उनीहरुसँग रमाउनु आफ्नो कमजोरी भएको बताएका छन् ।

मंगलबार बालमन्दिरमा बालबालिकासँग ७० औँ जन्मदिन मनाउने क्रममा उनले भने, ‘बालबालिका भट्टायो र खेल्न पाएँ भने ठूला–ठूला काम पनि छाडेर उनीहरुसँग खेल्न थाल्छु । यो मेरो कमजोरी पनि हो ।’

उनले अब कोही पनि बालबालिका अनाथ र साहराविहिन हुन नपरोस् भनेर सरकारले उनीहरुको जिम्मा लिँदै अगाडि बढेको बताए ।

प्रधानमन्त्रीले मानवअधिकारका अभियानहरु अहिले बहकिन थालेको उल्लेख गर्दै भने, ‘मानवअधिकारका अभियानहरु बहकिन हुँदैन ।’

‘आज सडक बालबालिका देखिँदैनन् । देखिँनु हुँदैन । यदि देखिए भने सरकारले उद्दार गर्छ ।’ उनले भने, ‘बालबालिकाको भविष्य जस्तो हुन्छ, देशको भविष्य त्यस्तै हुन्छ ।’

प्रधानमन्त्री ओलीले नेपाल गरिब भएपनि बेसहारा बालबालिका मुलुकका लागि बोझ नहुने बताए ।

कार्यक्रममा प्रधानमन्त्री पत्नी राधिका शाक्यले बालमन्दिरका बालबालिकालाई खेलकुद सामग्री वितरण गरिन् । यस्तै बालबालिकाले सांस्कृतिक प्रस्तुति पनि राखेका थिए । त्यसअघि, बालबालिकाको माझमा प्रधानमन्त्रीले जन्मदिनको केक काटेका थिए ।

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  ६ : ३१ बजे

व्यापार र रोजगारीका लागि ताक्लाकोट जानेको सङ्ख्या बढ्दै

हुम्ला– रोजगारी र व्यापारका निम्ति चीनको स्वशासित क्षेत्र पुराङ काउन्टीको

देउवा–नेपाल भेटले सत्ता समीकरणमा तरंग

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष

धरान डेन्टल कलेजको कन्तबिजोग

धरान – दाँतको सामान्य उपचार गर्न बीपी कोइराला स्वास्थ्य विज्ञान

विद्यार्थी बढाउन कक्षा एकमै अङ्ग्रेजी विषय

वैशाख– कैलालीको जानकी गाउँपालिकाले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन यो

तालढुङ्गालाई प्रदेशको नमूना सहर बनाइँदै

काभ्रे– विकट क्षेत्रमा सूचीकृत काभ्रेको खानीखोला गाउँपालिका–५ स्थित तालढुङ्गालाई बाग्मती