चैनपुरको पेट्रोल पम्पमा आगलागी | Khabarhub Khabarhub

चैनपुरको पेट्रोल पम्पमा आगलागी


११ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संखुवासभा – संखुवासभाको चैनपुर नगरपालिका – ७ जिरो पाईन्ट नजिकै रहेको श्रेष्ठ पेट्रोल पम्पमा आगलागी भएको छ ।

मंगलबार दिउँसो १२ बजे ट्याङ्करबाट ट्याङ्कीमा पेट्रोल खनाउने क्रममा आगो लागेको सशस्त्र प्रहरी अरुण गुल्म चैनपुरका डिएसपी विशाल सिलवालले जानकारी दिए ।

पेट्रोल पम्पमा लागेको आगो सशस्त्र प्रहरी, जनपथ प्रहरी र स्थानीयको प्रयासमा नियन्त्रणमा आएको डिएसपी सिलवालले बताए ।

आगलागीबाट पम्प नजिकै रहेको पाँच तले घरमा पनि क्षति पुगेको छ । आगलागीबाट के कति क्षति भयो भन्ने थप विवरण आउन बाँकी छ।

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  ४ : ०१ बजे

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

आरल्याण्ड ए ले दियो नेपाल ए लाई विशाल लक्ष्य

काठमाडौं – पहिलो टी–२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए

‘पशुपतिप्रसाद’का हनुमानको लहड : प्रेमिकाको आमाको गहना बन्धकी राखेर फिल्ममा लगानी

काठमाडौं – जुन फिल्ममा मुख छोपेर अभिनय गरे रवीन्द्र यही